ईद उल अज़हां (बकर इद)मा सार्वजनिक बिदा दिने सरकारको निर्णय स्वागतयोग्य: प्रवक्ता अकरम पठान




कृष्णनगर, कपिलवस्तु

सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व  ईद उल अज़हां (बकर इद)को अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको कुरा स्वागतयोग्य रहेको जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले बताए। तत्कालै गठन भएको  बहुमत प्राप्त सरकारले सम्पूर्ण धर्मावलंबीको सम्मान गर्ने गरि दिइएको बिदाको मुस्लिम समुदायले हृदय देखि स्वागत गरेको समेत बताए।


मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड  ईद उल अज़हां(बकर इद)को उपलक्ष्यमा इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष समेत रहेका अकरम पठानले  शुभकामना व्यक्त गर्नु भएको छ।

मुस्लिम धर्मावलंबी हरुको महत्वपूर्ण चाड  ईद उल अज़हां (बकर इद)को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्। उहांले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड    ईद उल अज़हां(बकर इद)को हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो । साथै अहिले फैलिएको COVID-19 चाडै संसार बाट लोप होओस भन्ने अल्लाह संग प्रथाना समेत गरेका छन्।


२०७८-श्रावण-५ गते प्रकाशित

लोकप्रिय

पृथ्वी चन्द्र अस्पताल परासीमा चरम लापरवाही

उमेश बि.क/ नवलपरासी , २९ असार  पश्चिम नवलपरासीको सबैभन्दा पुरानो जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल परासीमा चरम लापरवाही रहेको छ। काेभिड बिरामी भइ साे अस्पतालमा भर्ना हुदा विरामीलाई

ईद उल अज़हां (बकर इद)मा सार्वजनिक बिदा दिने सरकारको निर्णय स्वागतयोग्य: प्रवक्ता अकरम पठान

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व  ईद उल अज़हां (बकर इद)को अवसरमा साउन ६ गते सार्वजनिक

भारतमा एक नेपालीको हत्या , सांसद कण्डेलकाे पहलमा मुद्दा दर्ता

भारतमा एक नेपालीको हत्या गरिएको छ।स्याङ्जा जिल्ला,उमाकोट,भकुण्डे निवासी हाल सुनवलकाे भुमही अस्थायी बसाेबार गरिरहेकाे हिमाल गौडेलका जेठा छोरा बर्ष २८ का कृष्ण गौडेलकाे हत्या भएको