नवलपरासीमा अपाङ्गता समावेशीकरण तथा पुनरस्थापना तालिम सम्पन्न



उमेश बि.क / नवलपरासी , ६ असाेज 

पश्चिम नवलपरासीको भुमहिमा २ दिने अपाङ्गता समावेशीकरण तथा पुनरस्थापना तालिम सम्पन्न भएको छ ।

युनाइटेड मिसन टु नेपाल नवलपरासी कलष्टरकाे अायाेजनामा नवलपरासी कलष्टर टिम लिडर सब्बु तमाङकाे संयाेजकत्वमा तालिम सम्पन्न भएको हाे।

तालिमकाे समापन समारोहलाई सम्बाेधन गर्दै कलष्टर टिम लिडर तमाङले तालिममा सहभागीहरुकाे सिकाई र अनुभव बुझि तालिमलले लिएको उद्देश्य पूरा भएको बताउनु भएको हाे। परियोजनाले मानव जीवन रुपान्तरण गर्ने काम गर्ने भएकोले यसप्रति सबैले समुदायमा अपांगता भएको ब्यक्तिलाई समान सहभागीता गराउदै समाज रुपान्तरणमा लाग्न सबै कर्मचारीलाई अनुरोध समेत गर्नुभएको हाे। याेजना सम्पन्न गर्नुमात्र नभएर स्थानीयकाे सहभागीता गराउदै समुदायकाे सबलिकरण गर्ने निर्देशन पनि दिनुभएको हाे। तालिमबाट सिकेकाे कुरा कार्वनयन गर्ने अनुरोध गर्दै सम्पुर्ण कर्मचारीले अाफ्नाे कार्यक्षेत्रका मुद्दालाई संस्थागत रुपमा र समुदाय स्तरमा अझ सशक्त रुपमा अगाडि बढाउन निर्देशन दिदै सबकाेलागि तालिम फलदायी भएको अाशा सहित प्रशिक्षक र सक्रिय सहभागीताकाे लागि सहभागीहरुलाई  धन्यवाद दिनुभएको हाे । 

युनाइटेड मिसन टु नेपालकाे साझेदार संस्था  सुनवल सामुदायिक बिकास केन्द्र र इन्द्रेणी सामाजिक बिकास मन्च मार्फत समुदाय विकासकाे कार्य गर्दा कसरी अपांगता समावेशीकरण गर्न सकिन्छ र समुदायका अपांगता समावेशीकरणका बाधाहरु (नितिगत ,भाैतिक र धारणगत) ब्यवस्थापन तथा कसरी हटाउन सकिन्छ ..? र काममा अपांगता समाबेशिकरणकाे कामलाई कसरी समावेशीकरण गर्न सकिन्छ भनी युनाइटेड मिसन टु नेपाल थापाथलीका अपांगता समावेशीकरण विज्ञ वीर नेपालि र फिजियाे थेरापिस्ट प्रेम देवकोटाबाट सहजिकरण प्रदान गरिएको युनाइटेड मिसन टु नेपालको  स्वास्थ्य परियोजना ब्यवस्थापक इश्वर के.सिले जानकारी दिनुभएको हाे।

तालिममा युनाइटेड मिसन टु नेपालकाे साझेदार संस्था  सुनवल सामुदायिक बिकास केन्द्र र इन्द्रेणी सामाजिक बिकास मन्चका कर्मचारीहरुकाे सहभागीता रहेको थियो ।


२०७८-आश्विन-६ गते प्रकाशित

लोकप्रिय

उपाध्यक्ष भरत कुमार बिरमीवाल नवमीमा मंदिरमा घण्टी चढाए

कृष्णनगर, कपिलवस्तु कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ मा अवस्थित पल्टा माता को मन्दिरमा कृष्णनगर नगरपालिका वडा नं २ बस्ने मारवाड़ी सेवा समिति लक्ष्मी नारायण मंदिर सेवा

प्रदेश प्रवक्ता अकरम पठान द्वारा दशैं , शुभ दिपावली तथा छठ चाडपर्वको शुभकामना व्यक्त

  कृष्णनगर,  कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ,  इमानदार व्यक्तित्व,भएका युवा नेता तथा समाजसेवी तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले ले बडा़ दशै , शुभ

विशेष अपडेट


भिडियो