ग़ज़ल



गजल 
——-
न त जित्न सकें न म हार्न सकें 
भन लौ कसरी प्रित मार्न सकें ।

गहना छ गलाभरि मंगलको
न त झर्दछ त्यो न त झार्न सकें ।

मन भित्र कतै अझ याद छ यो 
न त भाग्न सकें न त सार्न सकें ।

सब जीवन भाग्य र खेल भयो 
म भएँ बबुरो न त टार्न सकें । 

मन भन्दछ भो अब फर्कनु है
मन केवल आफ्नु छ पार्न सकें ।

दुष्यंत भट्टराई वेलायत !!!

 

 

 


२०७५-बैशाख-२८ गते प्रकाशित

लोकप्रिय

ब्यङ्गय कविता :रथ र पथ नमिलेका आँडे गाेरुकाे हल

  ब्यङ्गय कविता :रथ र पथ नमिलेका आँडे  गाेरुकाे हल गाेरु उस्तै अाँडे हुन कि जानेनन् कि नार्न! खुरु खुरु तान्न छाेडि फर्कियाे कि मार्न? किन फर्कयाे पछिल्तिर जाेत्नि मेलाे छाेडि जाेताराे

गाउपालिका अध्यक्षको सुनियोजित षड्यन्त्र; वडा अध्यक्षको ज्यान मार्ने प्रयास

गाउपालिका अध्यक्षको सुनियोजित षड्यन्त्र;  वडा अध्यक्षको ज्यान मार्ने प्रयास पाल्हिनन्दन/ ०७ भाद्र  पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वार्ड न:• ०५ का वडा अध्यक्ष ओमप्रकाश

ट्रम प्रशासन को पहिलो राहत खाता खाता मा पैसा जम्मा

टेक्सास गए मध्यरातबाट अमेरिकि सरकारले दिने भनिएको  ट्रम प्रशासन को पहिलो राहत खाता खाता मा पैसा जम्मा हुने क्रम सुरू भएको छ !राहत रकम १२०० डलर, २४०० डलर र प्रति बच्चा ५०० थपका दरले