सर्जक गीता रेग्मी को पत्थरै पत्थर नामक पुस्तक को समालोचन गर्दै सोमनाथ घिमिरे !!



नियात्रा आफैमा निकै गाह्रो साहित्यिक बिधा हो । लेखनमा नै पाठकलाई घुमाउनु , हसाउनु , अर्ति उपदेश दिदै आफ्नो धारणा अनि बिचार अभिव्यक्त गर्नु चानचुने कुरा होइन ।
नियात्राकार गीता रेग्मीको पत्थरै पत्थरै नियात्रासङ्ग्रहले पाठकहरुलाई बर्मा , थाइल्यान्ड , मलेसियाका गल्ली गल्ली घुमाउन सफल भएको छ। बर्मेली नेपालीहरुको संघर्ष , सफलता , अथिती देव: भब भन्ने हाम्रो संस्कारलाई राम्रोसँग पाठकहरु माझ ल्याएको छ ।

लेखकीय धारणा व्यक्त गर्दै " समय टक्क अडिएको हुदो हो भने आजपर्यन्त मानिसहरु जङ्गलमै गिठा , भ्याकुर खोजेर हिडिरहेका हुन्थे होलान् ? वास्तवमा यात्रा नै एउटा सशक्त माध्यम थियो , जसले मानव सभ्यता सगसगै प्रविधि र ज्ञानको पनि ओसारपसार र प्रचार गर्न सम्भव भयो ।" यात्रा अनि यसको महत्वलाई दर्शायिएको छ। हुन पनि हो हाम्रो यो आँखा बिकास र परिवर्तनको ठुलो सम्बाहक पनि हो ।

यस नियात्राका काठमाडौंका यात्रीहरु सबै परिचित पात्रहरु भएकोले पढ्न उत्सुकता र कौतुलता व्यग्र भएर आयो । किताब खोल्दा चासिसे लागेका आखाले विश्राम लिन खोजे पनि यो मन पर्यटकहरुसग घुमि रहेको थियो । सुखमा रमाउदै दुखमा चिन्तित र जिज्ञासु बन्दै लेखिकाको स्मरणका पानाहरु पल्टाउदै गए । नियात्राकारको सजकता , यो माटो प्रतिको अगाध प्रेम , बिकास र शुशासन प्रतिको चिन्ता ब्याप्त छ । मलेसियामा नेपाली युवाहरुले भोगेका दुख र पिडाको जिवन्त तस्वीर यसमा समेटिएको छ । थुप्रै पर्यटकहरु दिउसै लुटिने मलेसियाको स्मरण पढ्दा महिलाहरुको यो सहास र आत्माबललाई जो सुकैले पनि सलाम गर्न मन लाग्छ र बाध्य पनि हुन्छन् । यात्राको सुन्दताको बखान र बिकासले प्रत्येक राष्ट्र  र बिकास प्रेमीहरुलाई लोभ्याउछ । महिलाहरुले चाहे यो संसार जित्न र सजिल्यै बदल्न सक्छन् भन्ने वास्तविकतालाई यी यात्रीहरुको सहास र आत्माबलले पुष्ठि गर्दछ ।

समग्रमा नियात्रा बिधामा यो एउटा सफल कृति हो । पाठकहरुलाई सगै घुमाउनु र जिज्ञासु बनाउन सक्नु नियात्राकारको खुबी र क्षमता हो । जुन शुरुको लेखकीय धारणबाट नै आरम्भ हुन्छ। यो यात्रा स्मरणमा झिजो र झन्झट मान्नु पर्ने कुनै स्थान र त्यसको बर्णन छैन । यसले सभ्यता शिकाएको छ । यसले असल संस्कारको अनुकरण र अनुसरण गर्न उत्प्रेरित गरेको छ । खरावलाई बिना हिचकिचावट खराब भन्दै चिन्ता र निन्दा गरेको छ । 

पुस्तक पढ्दै जादा कतिपय ठाउँमा लेखिकाका आफ्ना बिचार र सन्दर्भहरुको पुनरावृत्ति भएका छन् । भाषा शुद्धीकरणका बिषय सामान्य हुन् र यो  लेखिकासग असम्बन्धित अर्थात् शुद्दासुद्धीको जिम्मा लिएकाहरुसग सम्बन्धित बिषय हो । शुन्दर र लोभलाग्दा ठाउँहरु बर्णनले जो सुकैको मन पनि लोभिन्छ । लोभलाग्दो ठाउँहरुको बर्णन र बखानसगै केही शुन्दर तस्बिर पस्किदिदा पाठकहरुलाई पुस्तक हातमा लिदै पढ्दै गर्दा झनै सिनेमा हेरेको झै आभाष हुने थियो ।

समग्रमा नियात्रा बिधामा आफ्नो एउटा शसक्त बिचार र स्पष्ट धारणा पनि दिन सक्ने यो नयाँ कृति हो । लेखिका नियात्राकार मेरी दिदी गीता रेग्मी अर्याललाई साहित्यिक यात्रा र आफ्नो बयक्तिक जीवनमा धेरै धेरै सफलताको असिम शुभकामना । उत्तरोत्तर प्रगतिको शुभकामना दिदी !!!

सोमनाथ घिमिरे को फेसवुक वाट साभार !!! 


२०७५-जेठ-३ गते प्रकाशित

लोकप्रिय

ब्यङ्गय कविता :रथ र पथ नमिलेका आँडे गाेरुकाे हल

  ब्यङ्गय कविता :रथ र पथ नमिलेका आँडे  गाेरुकाे हल गाेरु उस्तै अाँडे हुन कि जानेनन् कि नार्न! खुरु खुरु तान्न छाेडि फर्कियाे कि मार्न? किन फर्कयाे पछिल्तिर जाेत्नि मेलाे छाेडि जाेताराे

गाउपालिका अध्यक्षको सुनियोजित षड्यन्त्र; वडा अध्यक्षको ज्यान मार्ने प्रयास

गाउपालिका अध्यक्षको सुनियोजित षड्यन्त्र;  वडा अध्यक्षको ज्यान मार्ने प्रयास पाल्हिनन्दन/ ०७ भाद्र  पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वार्ड न:• ०५ का वडा अध्यक्ष ओमप्रकाश

ट्रम प्रशासन को पहिलो राहत खाता खाता मा पैसा जम्मा

टेक्सास गए मध्यरातबाट अमेरिकि सरकारले दिने भनिएको  ट्रम प्रशासन को पहिलो राहत खाता खाता मा पैसा जम्मा हुने क्रम सुरू भएको छ !राहत रकम १२०० डलर, २४०० डलर र प्रति बच्चा ५०० थपका दरले