अप्सनको शैक्षिक कार्यक्रममा सौनक भट्टले उत्प्रेरणा जगाउने



 

अप्सनको शैक्षिक कार्यक्रममा सौनक भट्टले उत्प्रेरणा जगाउने

चितवन । नारायणगढमा रहेको अप्सन एजुकेशन कन्सलटेन्सीले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम आयोजना गर्दैछ ।

यही फागुन १५ गते नाराणगढस्थित नारायणी कला मन्दिरमा विद्यार्थीहरुको क्षमता अभिवृद्धिका साथै विद्यार्थीहरुमा आत्मविश्वास जागृत गराउने उद्देश्यले शैक्षिक तालिम कार्यक्रम आयोजना गरिएको अप्सन एजुकेशन नारायणगढ शाखा प्रमुख मनिष थापाले बताए ।
कार्यक्रममा युवापुस्ता माझ ख्याती प्राप्त उत्प्रेरक सौनक भट्टले विद्यार्थीहरुलाई उत्प्रेरणा जगाउने छन् । कार्यक्रम विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म चल्ने थापाले जानकारी दिए । यस कार्यक्रमले विद्यार्थीको चौतर्फी विकासका लागि कोसेढुंगा सावित हुने उनको विश्वास छ । कार्यक्रममा पाँच सय जना भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहने जनाईएको छ


२०७५-फाल्गुन-१२ गते प्रकाशित

लोकप्रिय

सर्वोच्चले दिएको फैसला स्वागतयोग्य: मौलाना मशहूद

      कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त आयोजनामा संसद पुर्नवहालीको लागि न्यायालयले गरेको फैसलाको स्वागत

विशेष अपडेट


भिडियो