प्रहरी प्रशासनको मिलोमतोमा खोलाको दोहन ः  




  पश्चिम नवलपरासीमा प्रहरी प्रशासनको सहयोगमा  बिभिन्न खोला नालाहरुको दोहन बढ्दै गएको  छ  । प्रहरी प्रशासनको सहयोगमा ठेकेदारहरुले नियमबिपरित बिभिन्न खोलानालाहरुबाट हेबी उपकरणहरु प्रयोग गरी  नदीजन्य पदार्थ ( ढुङ्गा , गिटी र बालुवा ) निकालेर प्राकृतिक स्रोत साधन दोहन गर्दै आएको पाईएको हो  । 
खोलाबाट  नदीजन्य पदार्थ निकल्ने ठेक्का पाएका ठेकेदारहरुले स्थानिय तह देखी जिल्ला तहसम्मका प्रहरी प्रशासन समेतलाई आफ्नो आर्थिक प्रभावमा पारेर यस्तो कार्यगर्दै आएका छन् । 
खोलाबाट ढुङ्गा , गिटी र बालुवा निकाल्ने ठेक्का पाएका ठेकेदारपक्षले  जिल्ला स्थित स्थानिय प्रहरी , बन कर्मचारी,  नेपाल प्रहरी ,  शशस्त्र प्रहरी   , राष्ट्रिय अनुसन्धान , जिल्ला समन्वय समिती ,   जिल्ला प्रशासन कार्यालय लगायतका सबै सरोकारवाला निकायलाई आफ्नो पक्षमा पारेका छन् । 
सो कार्य सफल बनाउने ठेकेदारहरुले बिभिन्न नियमनकारी निकाय तथा र सरोकारवालाहरुका मुख्य मुख्य ब्यक्तीहरुलाई आर्थिक रुपमा सहयोग गरेर आफ्नो अबैध कामलाई बैध बनाएका छन् ।  
आर्थिक प्रभावमा पारेर ठेकेदारहरुले नियमबिपरीत ति खोलानालाहरुबाट नदीजन्य पदार्थ निकालेर खोला नालाको व्यापक दोहन गरेको स्थानियले स्थानिय प्रहरी प्रशासनलाई जानकारी गराएपनि यसको रोकथाम गर्न प्रहरी प्रशासन कानमा तेल हालेर सुचेको अवस्था देखिन्छ  । 
सो नियमबिपरीत भएको काम बारे  स्थानिय बासीले पटक पटक सरोकारवाला सबै निकायमा जानकारी गराएपनि  ति निकायहरुले सो ब्यवस्थापन र नियमन गर्ने जिम्मा  अन्य निकायको भदै एक निकायले  आर्को निकायले जिम्मेबारी भएको भन्दै आलटाल गर्दै आईरहेका छन् । 
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितीले बिभिन्न खोलानालाहरुबाट नदी जन्य पदार्थ निकाल्न दिएको अनुमतीको वाहानमा अत्यधिक मात्रामा खोला दोहन हुने गरेको पाईएको छ  ।  
पश्चिम नवलपरासीको सुनवल  नगरपालिका स्थित तुरीया र भुमही पानभार खोलमा एक साताकालागी प्रति दिन आठ घण्टा  एउटा खोलामा एउटा मात्र हेबी उपकरणहरु प्रयोग गर्ने अनुमती दिएको छ  । 
 यद्यपी सो अनुमतीको ब्यापक फाईदा उठाउदै ठेकेदारहरुले दैनिक  १० घण्टा एउटा खोलामा ३ देखी  ५ वटा सम्म हेबी उपकरणहरु प्रयोग गरेका     छन् ।  
यसरी ब्यापक रुपमा अबैध रुपमा नियम बिपरित खोलानालाहरुमा अनुमती भन्दा धैरेभन्दा धेरै संख्यामा हेबी उपकरणहरु प्रयोग गरी ( ढुङ्गा , गिटी र बालुवा ) निकालेर प्राकृति स्रोत साधन दोहन गर्दै आएपनि सरोवारला निकाय मुखदर्शक बनेको  छ  । 
यस बारे दुबै खोलाको कार्य क्षेत्र पर्ने  ईलाका प्रहरी कार्यालय सुनवलका  प्रहरी निरीक्षक अनोज विकले प्रयाप्त मात्रामा सुरक्षाकर्मी नहुदा खोलामा सबै समयमा  डिउटी गर्न नसक्दा नियममिचेर ठेकेदारहरुले खोलाको दोहन गर्दै आएको स्वीकार गर्नुभयो  ।  
विकले भन्नुभयो हामी सबै टाईम खोलामा डिउटी बस्न नसक्दा हामी वाहीर निस्केको बोले खोला नालाहरुमा मापदण्ड बिपरीत कार्य हुन साथै अनुमतीभन्दा  धैरे हेबी उपकरणहरु खोलामा हालेको सुचना आफुसंग रहेको स्विकार गर्नुभयो  । 
यस बारे पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले सो बारे व्यापक गुनासो आएको स्वीकार गर्दै मातहतका निकायलाई नियमन गर्न  निर्देशन दिएको प्रतिकृया दिनुभयो  । .......बाईट.............
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितीले पश्चिम नवलपरासीको सुनवल नगरपालिका क्षेत्र भित्र पर्ने तुरीया खोला र पानभार खोलाबाट  एक साताकालागी प्रति दिन ८ घण्टाका दरले  एक ⁄ एक वटा हेबी उपकरण प्रयोग गरेपनि खोला दोहन नहुने गरी  ( ढुङ्गा , गिटी र बालुवा ) निकाल्न अनुमती दिएको थियो  ।  
 यस बारे जिल्ला बन अधिकृत बिजयराज सुबेदीले ति खोला नालाहरुमा भएको गलग र नियमबिपरितको अनुगमन गर्ने मुख्य ब्यक्तैनै प्रमुख जिल्ला अधिकारी रहेको प्रतिकृया दिनुभयो  ।  
यता जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख एवंम् जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहन खाँडले  प्रहरी भन्दा यतिबेला सो कार्य रोक्ने दायीत्व स्थानिय तहको भएकाले सो अबैध कार्य प्रहरीले मात्र हाईने स्थानिय तहलेनै नियन्त्रण गर्नुपर्ने प्रतिकृया दिनुभयो  ।
 यसैगरी जिल्ला समन्वय समितीका प्रमुख शिबशंकर रायले खोलामा दोहन भएको गुनासो नआएको दाबी गर्नुभयो  । ति दुबै खोलाबाट   ( ढुङ्गा , गिटी र बालुवा ) निकाल्नकालागी यस अगाबै सुनवल नगरपालिकाले ठेक्का लगाएको  छ  ।  तस्बिरमा छ  । एउटै तस्बिरमा दुई वटा सम्म हेबी उपकरण खोलामा प्रयोग भएको प्रष्ट देखिन्छ  । फुटेज र बाईट छ  । 


नोट ः खोलामा नियमबिपरीत ३ वटा सम्म हेबी उपकरण सन्चालन भएको भिडियो सुरक्षीत छ । 
 


२०७५-जेठ-२७ गते प्रकाशित

लोकप्रिय

सर्वोच्चले दिएको फैसला स्वागतयोग्य: मौलाना मशहूद

      कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त आयोजनामा संसद पुर्नवहालीको लागि न्यायालयले गरेको फैसलाको स्वागत

विशेष अपडेट


भिडियो