आर्थिक सम्बृद्धिको सपना



आर्थिक सम्बृद्धिको सपना

 


बिश्व ब्रह्माण्डमा अवस्थित नेपाल स्वभिमानी देश हो । नेपाल प्र्राकृतिक स्रोत बाहेक विश्वमा शान्तिको स्रोत पनि हो । यी वाक्यांसहरु बाहेक नेपालीको जन मस्तिष्कमा विभिन्न प्रश्न उब्जिन्छन किन नेपाल बिश्वको तुलनामा आर्थिक रुपले पछाडि छ ? के नेपाल चाडै बिकसित हुन्छ ? के सिगांपूर, मलेशिया, यु.ए.ई., कतार पहिले देखि सम्बृद्ध थिए ? के नेपालमा मोनोरेल, पानी जहाजको सपना चाडै पूरा हुन्छ ? बिश्वको लगभग एक तिहाइ जनसंख्या बौद्ध धर्मावलम्बीको केन्द्र लुम्बिनी पर्यटकिय क्षेत्र विश्वको अरु ठाउँ जस्तो बिकसित हुन्छ ? यी विभिन्न प्रश्न जन जनको मन मस्तिष्कमा पैदा हुन्छन ।
लगभग तीन चार दशक पहिले नेपाल जस्तै खाडी मुलुकहरु मलेशिया, यु. ए. ई., कतार इत्यादि देशहरु नेपाल जस्तै थिए । तर आजको यी खाडी मुलुकहरु छलाङ मारिरहेका छन भन्ने कुरा हामीलाई अवगत नै छ । आजको मलेशिया आर्थिक रुपमा विश्वको ज्ञद्ध स्थानमा छ । मलेशियाको जिवनशैली सिगांपूर, ब्रुनाइ, अस्ट्रेलिया जस्ता देशहरुको मानक जस्तो छ । हिजो अस्ति जुन ठाउँमा बालुवा थियो त्यहाँ आज गगन चुम्बी भवन देख्न सक्छौ । सन्  द्दण्ज्ञड को एक संस्थाको सर्वेक्षण अनुसार सिंगापुर, हंङकंङ र न्यूजिल्यांन्ड पछि लगानी सुरक्षामा मलेशिया रहेको छ । त्यहाको कूल जनसंख्याको ज्ञज्ञ।ज्ञ प्रतिशत मात्र कृषिमा आधारित छन् । तर नेपालमा टठ प्रतिशत जनसंख्या कृषिमा अधारित छन् । तैपनि बर्षेनी करोडौको खाद्यान्न भारतबाट मगाउनु पर्दछ । मलेशियाको विकासको आधार स्तम्भ महाथिर मुहम्मद हून् । फेरि पनि हाम्रो मनमा विचार उत्पन्न हुन्छ, कहिले नेपालमा महाथिर मूहम्मद, लिक्वान यु जस्ता व्यक्तिहरु जन्मिन्छन् ? ताकि नेपाल पनि ती देशहरु जस्तै तीव्र गतिमा बिकसित होस ।
सिगांपुर पनि लगभग चार दशक पहिला नेपाल कै जस्तो अवस्थामा थियो । तर लिक्वानको सत्तामा उदय पश्चात त्यहां को आर्थिक अवस्थामा कायापलट भयो । इस्वी सम्बत जुन ज्ञट,ज्ञढटघ मा वृक्षारोपण (बगैचाको सपना) देखि टेक्नोलोजि क्रान्ति हुदैँ आर्थिक सम्बृद्धिमा पुर्याउने श्रेय लिक्वानलाई जान्छ । विभिन्न काममा स्वंयम संलग्न भई सिगांपुरको आर्थिक सपना पुरा गर्नुभयो । आज सिगांपूरको पर क्यापिटा आम्दानी बिश्वको अग्रणी स्थानमा छ । यहाँको कुलजनख्याको ०.९६ प्रतिशत मात्र कृषिमा आधारित  छन्। तै पनि खाद्यान्नमा राम्रो छ । आजको सिगांपूर कृषि प्रविधि ,जैविक प्रविधि इत्यादिमा उच्च अवस्थामा छ ।
यसै गरी कृषि क्षेत्र को हबको रुपमा इजरायल धेरै अगाडि गइसकेको छ । नेपालमा पनि बिशेष गरेर कृषि, पर्यटन, जलबिधुत, जडिबुटिमा जोड दिएर देशको सम्बृद्धि को यात्रामा लम्किन सक्छ, भन्ने प्रशस्त सम्भावना छ । नेपालमा लगभग ६७ प्रतिशत जनसंख्या कृषिमा आधारित भएपनि मलखादको पटक पटक अभाव हुने गर्दछ ।
नेपाल यदि कृषिमा अगाडि बढयो भने नेपालको खाद्यान्न समस्या समाधान हुन्छ र करोडौ पैसा देशमा नै लगानी हुन्छ । नेपालको जि डि पी वृद्धि दर ४.५ प्रतिशत छ । अब नेपालमा कृषि क्रान्ति गर्ने समय आईसकेको छ । यदि देशको सम्बृद्धि चाहियो भने कृषि क्रान्तिमा जोड दिनुपर्छ । नेपालमा यदि लुम्बिनीको सौन्दर्यकरण भयो र विश्वमा जनजनको मन मष्तिष्कमा महत्व बताउन सक्यो भने आजको भन्दा दोब्बर पर्यटक भित्राउन सकिन्छ ।
अन्त्यमा बिश्वको कुनै पनि बिकशित देश ठुला, ठुला प्रोजेक्ट  बिदेशी ठेकेदार लाई दिएर भएको छैन । हामी हेर्ने हो भने दक्षिण कोरिया पनि विकसित थिएन । तर त्यहाँ जतिपनि ठुला प्रोजेक्ट थिए ती सवै आफ्नै जनताको श्रमबाट वनाए । दक्षिण कोरिया आज एउटा शक्ति बन्ने धावनमार्गमा छ । त्यहि भएर नेपाल पनि यि देशहरुबाट पाठ सिक्नु जरुरी छ । नत्रभने नेपाल स्वीटजरल्यान्ड नबनेर नर्कल्यान्ड बन्न बेर छैन । यो विचार को मनन गर्नु अति आवश्यक देखिन्छ ।
बलिराम गुप्ता (नवलपरासी जिल्ला प्रतापपुर गाउँपालिका वडा नं. ९, पजरकटी घर भएका लेखक विकास, सम्बृद्धि र     शिक्षा सम्बन्धी बिषयमा कलम चलाउँछन । साथै उनी राजनितिक विश्लेषक पनि हुन ।)


    


२०७६-असार-१ गते प्रकाशित

लोकप्रिय

उपाध्यक्ष भरत कुमार बिरमीवाल नवमीमा मंदिरमा घण्टी चढाए

कृष्णनगर, कपिलवस्तु कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ मा अवस्थित पल्टा माता को मन्दिरमा कृष्णनगर नगरपालिका वडा नं २ बस्ने मारवाड़ी सेवा समिति लक्ष्मी नारायण मंदिर सेवा

प्रदेश प्रवक्ता अकरम पठान द्वारा दशैं , शुभ दिपावली तथा छठ चाडपर्वको शुभकामना व्यक्त

  कृष्णनगर,  कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ,  इमानदार व्यक्तित्व,भएका युवा नेता तथा समाजसेवी तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले ले बडा़ दशै , शुभ

विशेष अपडेट


भिडियो