काठमाडौँका व्यस्त चोकहरूमा एनआरएनएले सार्वजनिक शौचालय बनाइदिने



काठमाडौँ । काठमाडौँका व्यस्त  चोकहरूमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सार्वजनिक शौचालय निर्माण गरिदिने भएको छ ।महानगरपालिकासँगको सहकार्यमा संघले काठमाडौँका प्रमुख व्यस्त चोकहरूमा सार्वजनिक शौचालय निर्माण गर्ने सोच अघि सारेको हो।

संघका अध्यक्ष कुमार पन्तले  यसमा महानगरका तर्फबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए। उनका अनुसार केही स्थानमा महानगर र संघको संयुक्त टोलीले स्थलगत अध्ययन गरिसकेको छ । कलंकी, सुन्धारा, कोटेश्वर, माछापोखरी, चावहिललगायतका क्षेत्रमा महानगरले जग्गा उपलब्ध गराउने र एनआरएनएले शौचालय निर्माण तथा सुरुका केही वर्ष सञ्चालनको जिम्मेवारी लिने भएको हो।

मुलुकको संघीय राजधानी मात्र नभई प्रत्येक विदेशी पर्यटकलाई स्वागत गर्ने महानगर समेत भएकाले काठमाडौँलाई स्वच्छ र सफा राख्न यो पहल कदमी थालिएको अध्यक्ष पन्तले बताए । यसले काठमाडौँका आगन्तुक तथा यात्रुलाई पनि सुविधा पुग्ने उनको विश्वाश  छ ।

 


२०७६-मंसिर-२५ गते प्रकाशित

लोकप्रिय

उपाध्यक्ष भरत कुमार बिरमीवाल नवमीमा मंदिरमा घण्टी चढाए

कृष्णनगर, कपिलवस्तु कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ मा अवस्थित पल्टा माता को मन्दिरमा कृष्णनगर नगरपालिका वडा नं २ बस्ने मारवाड़ी सेवा समिति लक्ष्मी नारायण मंदिर सेवा

प्रदेश प्रवक्ता अकरम पठान द्वारा दशैं , शुभ दिपावली तथा छठ चाडपर्वको शुभकामना व्यक्त

  कृष्णनगर,  कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ,  इमानदार व्यक्तित्व,भएका युवा नेता तथा समाजसेवी तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले ले बडा़ दशै , शुभ

विशेष अपडेट


भिडियो