लक्की मिडिया हाउसले गर्यो कलाकार तथा व्यवसायीलाई सम्मान



चितवन

मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले नेपाली सिने तथा कला क्षेत्रका कलाकार तथा स्थानीय उद्योगी व्यवसायीलाई सम्मान गरेको छ । चलचित्र कबड्डी कबड्डी कबड्डी को बिशेष शो अबसर पारेर बिभिन्न क्षेत्रमा बिशेष योगदान दिनुभएका व्यक्तिहरुलाई भरतपुरको सिजील्याण्डमार्कको चितवन सिनेप्लेक्समा सम्मान गरिएको हो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा चितवनका युवाउद्यमी तथा समाजसेवी रुबिन रामुदामु कार्यक्रमको बिशिष्ट अतिथि रहनु भएको थियो । बिशेष शोमा झण्डै एक दर्जनलाई सम्मान गरिएको थियो । सम्मानित हुने कलाकारतर्फ वरिष्ठ हास्य कलाकार राजाराम पौडेल, वरिष्ठ कलाकार लक्ष्मी गिरी रहेका छन । यस्तै अन्य कलाकारमा चर्चित अभिनेत्री एवं निर्मात्री रोशनी केसी , चर्चित अभिनेत्री बर्षा राउत र रंगपत्रकार बिना श्रेष्ठ रहेकी छिन । युवा व्यवसायी तथा समाजसेवी अर्जुन रानाभाट ,समाजसेवी तथा राजनीतिज्ञ कमलप्रसाद पराजुली र साहासिक साइकल अभियन्ता रुक्मिणी सापकोटा सम्मानित भएका छन । उनीहरुलाई खादा, प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले मोफसलमा गरिने यस्ता कार्यक्रमले कलाकारलाई उर्जा मिल्नुको साथै कलाकारिता क्षेत्रको प्रर्वद्धनमा टेवा पुग्ने बताउनु भयो । कलाकारिता क्षेत्रको विकास र प्रर्वद्धनमा लक्की मिडिया हाउसले गरेको सम्मान तथा बिशेष शोको उहांँले प्रशंसा गर्नुभयो । सो अवसरमा बोल्दै लक्की मिडिया हाउसका चितवनका अध्यक्ष बाबुराम अधिकारीले विगतका गरिएका कार्यक्रमलाई निरन्तरता दिने उद्धेश्यले मिडिया हाउसले यस कार्यक्रमको आयोजना गरेको बताउनुभयो । मिडिया हाउसले संचार माध्यम मार्फत कलाकारिता व्यवसाय क्षेत्रलाई पुरयाएको योगदानको उच्च प्रशंसा गर्नुभयो । लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ूलक्कीूले पछिल्लो समय कलाकारिता तथा सिने क्षेत्र धराशायी र अस्तव्यस्त भन्दै नेपाली कलाकारिता क्षेत्रको विकास र प्रवद्र्धन गर्ने उद्धेश्यले बिशेष शो र सम्मान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । यसले कलाक्षेत्र र कलाकारलाई थप प्रोत्साहन मिल्ने कार्कीको भनाई छ। विगतका दिनहरुमा समेत विभिन्न क्षेत्रमा आबद्ध कलाकार, व्यवसायी, चिकित्सकलाई मिडिया हाउसले सम्मान गर्दै आएको छ । यस्ता प्रर्वद्धनात्मक कार्यक्रमले नेपाली चलचित्र उद्योग तथा कलाकारिता क्षेत्रलाई थप टेवा पुग्ने विश्वास लिएको उहांँले बताउनु भयो । कार्यक्रममा राष्ट्रिय कलाकार , स्थानीय उद्योगी व्यवसायी, सुरक्षा निकायका अधिकारी लगायतको सहभागिता रहेको थियो ।

 


२०७६-मंसिर-२६ गते प्रकाशित

लोकप्रिय

उपाध्यक्ष भरत कुमार बिरमीवाल नवमीमा मंदिरमा घण्टी चढाए

कृष्णनगर, कपिलवस्तु कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ मा अवस्थित पल्टा माता को मन्दिरमा कृष्णनगर नगरपालिका वडा नं २ बस्ने मारवाड़ी सेवा समिति लक्ष्मी नारायण मंदिर सेवा

प्रदेश प्रवक्ता अकरम पठान द्वारा दशैं , शुभ दिपावली तथा छठ चाडपर्वको शुभकामना व्यक्त

  कृष्णनगर,  कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ,  इमानदार व्यक्तित्व,भएका युवा नेता तथा समाजसेवी तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले ले बडा़ दशै , शुभ

विशेष अपडेट


भिडियो