नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले अनलाइन मार्फत नेजा बहस संचालन



नेजाले सुरु गर्‍यो अनलाइन वहस
न्यूयोर्क ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले अनलाइन मार्फत नेजा बहस संचालन गरेको छ । कोभड–१९ को विश्वव्यापी महामारलाई लिएर यस सँग सम्बन्धित विभिन्न विषयमा केन्द्रीत रहेर नेजाको आधिकारिक फेसबुक पेजवाट अनलाइन वहसको सुरुवात गरिएको संघका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेले जानकारी दिए । ।
संघले मंगलवार गैर आवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्मासँग वहस कार्यक्रम सम्पन्न गरेको थियो । सो अवसरमा एनआरएनएका महासचिव डा. शर्माले नेपालमा रहेका नेपालीका साथैं अहिले विश्वका विभिन्न देशमा रहेका गैर आवासीय नेपालीको सहयोगार्थ एनआरएनएले कार्यक्रमहरु गरिरहेको जानकारी दिएका थिए । उनले अहिले एनआरएनएको ध्यान गैर आवासीय नेपालीमा बढी केन्द्रीत गरिएको जानकारी दिदैं सहयोग आवश्यक पर्नेले राष्ट्रिय समन्वय परिषद्मा सम्पर्क गर्न पनि आग्रह गरे ।
महासचिव शर्माले यो समयमा संघले आइसिसी र एनसिसीमार्फत आर्थिक सहयोग संकलन गरिरहेको बताउँदैं सहयोगका लागि समेत अनुरोध गरेका थिए । विभिन्न देशमा रहनुहुने  नेपाल जान चाहनेहरुलाई नेपाल लैजानका लागि नेपाल सरकार सम्ष छलफल भैरहेको उनले बताए ।
वहस कार्यक्रमको सहजीकरण नेजाका महासचिव  किरण मरहठ्ठाले गरेका थिए । महासचिव मरहठ्ठाले संस्थाको फेसबुक पेजमार्फत गरिने लाइभ वहसलाई अन्य संचारमाध्यमहरुले समेत स्थान दिनुभएकोमा धन्यवाद दिदैं आगामी दिनमा समेत सहयोग गर्न सबैंमा अनुरोध गरे ।
कोभिड–१९ का सम्बन्धमा चेतनामुलक कार्यक्रमका साथैं विश्वभर रहनुहुने नेपालीले भोग्नुपरेको समस्या, यसका असर र  गर्न सकिने प्रयासलाई लिएर आगामी दिनमा समेत अनलाइन वहस कार्यक्रम गरिने नेजा सचिव सुरज भण्डारीले जनाए ।  

 


२०७७-बैशाख-१० गते प्रकाशित

लोकप्रिय

उपाध्यक्ष भरत कुमार बिरमीवाल नवमीमा मंदिरमा घण्टी चढाए

कृष्णनगर, कपिलवस्तु कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ मा अवस्थित पल्टा माता को मन्दिरमा कृष्णनगर नगरपालिका वडा नं २ बस्ने मारवाड़ी सेवा समिति लक्ष्मी नारायण मंदिर सेवा

प्रदेश प्रवक्ता अकरम पठान द्वारा दशैं , शुभ दिपावली तथा छठ चाडपर्वको शुभकामना व्यक्त

  कृष्णनगर,  कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ,  इमानदार व्यक्तित्व,भएका युवा नेता तथा समाजसेवी तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले ले बडा़ दशै , शुभ

विशेष अपडेट


भिडियो