कोरोनाको कहर बीच अर्थपूर्ण जीबन जीउने कला प्राध्यापक नारायण रेग्मी



Image may contain: Narayan Regmi, sitting and indoor

प्राध्यापक नारायण रेग्मी 

कोरोनाको कहर बीच अर्थपूर्ण जीबन जीउने कला

 

शरिरमा रौ भुत्ला कम काँडाहरु हुने अनौठो जिब हो दुम्सी।पुस माघको जाडोमा दुम्सीहरु घारका मौरीहरु जस्तै केद्रिकृत हुने गर्छन् जसले जाडोबाट बचाउन सहयोग गर्छ।एक अर्कामा हुने तापक्रमको प्रसार र आत्मबिश्वासको कारण सङगै बस्दा दुम्सीहरु बढि सुरक्षित रहन्छ।सङगै बस्ने क्रममा एउटा कमजोर दुम्सीले पिडाको अनुभब गरेछ।बरिपरि सङगै रहेका दुम्सीहरुको तिखा काडाले घोचेकोले लामो समय देखि आफुलाई पिडा भएको र समुहमा बस्न नसक्ने राय कमजोर दुम्सीले साथीहरु बिच राखेछ।दुम्सीको कुरा अन्य दुम्सीहरुले मनन गरे।बिस्तारै अन्य दुम्सीहरुले पनि सङगै बस्दा अन्य दुम्सीहरुका तिखा काडाले घोचेको सुसुप्त पिडा बोध गर्न थाले।दुम्सीहरु बीच तर्क बितर्क भयो।दुम्सीहरु एकआपसमा सङगै नबस्ने छुट्टिएर बस्ने निष्कर्षमा पुगे।पानी परेको पुस महिनाको रात बेस्सरी जाडो थियो।पुर्बनिर्धारित निर्णय अनुसार दुम्सीहरु एक्ला एक्लै रहे।कृष्णपक्ष पुसको रात त्यसमा पनि पानी परिरहेकोले दुम्सीहरु निर्णय तोडेर एकिकृत हुन पनि सम्भव भएन।रातभर त्यो समुहका दुम्सीहरु बेस्सरी कठाङग्रिए जसका कारण सबै दुम्सीहरु मृत्युवरण गर्न बाद्य भए।

स्वभावैले मानव मस्तिष्कमा हजारौ बिचारहरुको प्रवाह भईरहन्छ।मानव मस्तिष्कले मनोरञ्जन नियमित प्रकृतिका कार्य नकरात्मक समाचारलाई बढि महत्व दिन्छ।बिचार अनुसार नै मानव शरिरले बिभिन्न हर्मोन उत्पादन गर्ने र सोहि अनुसार मानिसको शरिरको गति र कार्य प्रभावित हुने गर्छ।खुसी मनोरञ्जन सुख दिने सुचना प्राप्त गर्दा हामी हाम्रो शरिर हलुका भएको अनुभुति गर्छौ, शरिरमा स्फुर्ति बढ्छ थकान भाग्छ।अप्रिय समाचार सुन्दा हाम्रो शरिर गरुङगो बन्छ,जाँगर भाग्छ र थकान बढ्छ।मानशिक शारिरिक र आत्मिक रुपमा जब हामी कमजोर रहन्छौ तब हाम्रो मस्तिष्कमा नकरात्मक बिचारले डेरा जमाउछ।बिगतको एउटै घटना पटक पटक घुमिरह्यो भने पनि हामी दुखी बन्छौ त्यसले हामीलाई डिप्रेशनमा थकल्ने प्रवल सम्भावना रहन्छ।मस्तिष्कमा प्रवाह हुने एउटा खराब बिचार भित्र अन्य नकरात्मक बिचार अनुबन्धित हुने हुदा यसले मानिसलाई पतनको बाटोमा डोर्याउछ।लामो समयको बन्दाबन्दीको बसाई मिडियाहरुमा आएका कोरोनासङग सम्बन्धित मृत्यु सक्रमण र प्रसारका समाचार अनिश्चित भविष्यको कल्पनाले गर्दा नकरात्मक बिचार मस्तिष्कमा प्रसार हुन सक्छ।नकरात्मक बिचारका कारण मानशिक शारिरिक र आत्मिक रुपमा हामी कमजोर बन्दै जाने सम्भावना प्रवल रहन्छ जुन कोरोनाको सक्रमण भन्दा पनि क्रोनिक हुनसक्छ।बिषम समय ज्ञान ध्यान योग ब्यायाम सात्विक भोजन सकारात्मक सोच अध्यात्मिक चिन्तन को माध्यमबाट शरिर मन र आत्मालाई सवल सक्षम स्थिर राख्न सक्ने हो भने नकरात्मक बिचारहरुले मस्तिष्कमा स्थान पाउदैन साथै शरिरको रोग प्रतिरोधात्मक क्षमता समेत बढ्ने भएकोले बर्तमान समस्या सङग जुध्न र ब्यबस्थापन गर्न सहज हुनसक्छ।

उहाँ सप्तगण्डकी कलेज चितवन का सहायक क्याम्पय प्रमुख हुनु हुन्छ !!!

 


२०७७-जेठ-९ गते प्रकाशित

लोकप्रिय

सरावल गाउँपालिकाका यी दुई स्वतन्त्र उम्मेद्वारको पक्षमा देखिएको ठुलो जनलहर

नवलपरासी /२२ बैशाख  पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष पदको स्वतन्त्र उम्मेदवार राधेश्याम चाैधरी र उपाध्यक्ष पदकाे स्वतन्त्र उम्मेदवार प्रदिप कुमार अग्रहरीकाे पक्षमा जनलहर

निर्वाचित पालिका अध्यक्ष राधेश्याम चाैधरी र प्रदिप अग्रहरीले दिए स्वतन्त्र उम्मेदवारी

नवलपरासी , १२ बैशाख   पश्चिम नवलपरासीको निर्वाचित सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी गाउँपालिका अध्यक्षमा तथा प्रदिप कुमार अग्रहरी उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता

सरावल ४ मा स्वतन्त्र उम्मेदवार छाेटेलाल यादव सहितको प्यानलकाे क्रेज

नवलपरासी / २० बैशाख  पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ मा वडा अध्यक्षको उमेदवारमा छाेटेलाल यादव सहितको प्यानल घर्दैलो कार्यक्रम र भोट्मागनमा ब्यस्त देखिएका छन।   २०७४

विशेष अपडेट


भिडियो