कोरोनाको कहरले सिकाएको जीबन जिउने कला



नारायण प्रसाद रेग्मी उप प्राध्यापक

 

              राजा सुरध बलवान पौरखी निडर थिए।शैन्यबल चातुर्यताबाट वरपरका राज्यहरु समेत जितेर ठूलो राज्य बनाउन उनि सफल भए।समयक्रममा दरबार भित्रको आन्तरिक कलह खिचातानीले गर्दा सुरधको राज्य कमजोर बन्दै गयो।बाह्य हस्तक्षेप बढ्दै गयो।कब्जा गरेको राज्य बाहेकका थुप्रै भु-भाग गुम्यो।राजालाई परिवारका सदस्य सेना भारदारले सम्मान गर्न छोडेको भान हुन लाग्यो।राजा बिरक्त बने।दरबार छोडेर शिकार खेल्न जाने निहुँमा जङगल पसे।बैश्य राज्यको त्यो समय कहलिएका ब्यापारी थिए।देश बाहिर सम्म उनको चर्चा चुलिन थाल्यो।बैश्य ब्यापारीको ऐश्वर्य धन दौलत लामो समय टिकेन।सुख सयल ऐश आराममा जीबन यापन गरेका उनका परिवारका सुख खोसिदै गए।बैश्यका परिवारका सदस्यले घर निकाला गरिदिएपछि उनि बाद्य भएर जङगल तिर लागे।त्यो समय मेघा नाम गरेका अत्यन्त चर्चित ऋषि बनमा तपस्या गरेर बसेका थिए।उनको तपस्याको प्रभाबलले वरपरका जनावरहरुको स्वभाबमा पनि ब्यापक परिबर्तन आएको थियो।घुम्दै जाने क्रममा राजा सौरभ र बैश्य मेघा ऋषिको कुटीमा पुगे।घरबाट बिरक्तिएर अपहेलित भएर मुक्तिको खोजि बनाश्रम पसेका ऋषि र बैश्यले सन्त पुरुष ऋषि सङग मुक्तिको बाटो बारे गुरु मेघालाई प्रश्न गरे।घरका परिवारले अपहेलना गरेको पिडा अनुभुति हुदाहुदै पनि घरपरिवार प्रतिको आशक्तिमा कमि नआउनाको कारणबारे राजा र ब्यापारीले गुरुको शिष्य बनेर ऋषि सङग बुझ्न चाहे।ऋषि सङग प्रश्नोत्तर क्रममा राजाले आफु र ब्यापारी दुबै ज्ञानी शिक्षित भएको र बस्तुस्थिति बारे जानाकारी हुदाहुदै पनि आशक्ति नहट्नुको कारणबारे बुझ्न चाहे। कुटीको नजिकै रुखमा भर्खरै चल्ला कोरलेका गुँडका बचेराहरु आहारको खोजिमा चिरबिराईरहेका थिए।ऋषिले राजा र बैश्यलाई गुँडमा चाहारा खुवाईरहेको चरा तर्फ इङकित गर्दै तिमीहरुसङग भएको भनिएको ज्ञान चराचुरुङगी पशुपन्छी सबैमा हुने बिषय ज्ञान मात्र हो,बिषय ज्ञान मात्रले जीबनमा खुसी रहन सकिदैन भन्ने कुरा बताए।सान्सरिक पिडाबाट मुक्ति खोजिरहेका राजा बैश्यले मुक्तिको बाटो सुझाइदिन आग्रह गरे।ॠषिले राजा र बैश्यलाई मुक्ति आत्मज्ञान प्राप्त गर्न नदीको तटमा बसेर तिन बर्ष महामाया भगवतीको तपस्या गर्न आग्रह गरे।गुरुको आज्ञा शिरोपर गर्दै राजा र ब्यापारी दुबैले कठोर तपस्या गरे।भगवती राजा र वैश्यको तपस्याबाट खुसी भईन।भगवती प्रकट भइ राजा र व्यापारीलाई आफ्नो इच्छा ब्यक्त गर्न भनिन्।राजाले कसैले पनि हरण गर्न नसक्ने ठूलो राज्यको माग गरे।देबी भगवतीले तथास्तु भन्दै राजालाई बरदान दिईन्।बैश्यले जीबन मुक्तिको माग गरे।भगवतीले राजालाई जस्तै वैश्यलाई पनि तथास्तु भन्दै वरदान दिएर अन्तरध्यान भइन्। भोग र योग छनौटमा ब्यक्ति स्वतन्त्र हुन्छ।कथामा वर्णन गरे झै ब्यक्तिहरु दुख पिडाको अनुभुति भैसकेपछि भौतारिएर मुक्तिको खोजिको यात्रा तय गर्छन्।मानिस भित्र अदृश्य रुपमा लुकेको आशक्ति लोभ मोह समय अनुकुल हुने बित्तिकै जागृत हुन्छ।दुख अनुभब हुदा हामी आफ्ना आमा बाबु भगवानको नाम लिन्छौ।बाबु आमा भगवान देवता पितृ गुरुहरुलाई औशी पूर्णिमा धार्मिक चाडपर्ब दिवसका दिनहरुमा हामी सम्झना गर्छौ।जीबन शैलीमा आदार सत्कार सम्मान समर्पण सद्दभाब श्रदा जोड्दैनौ।मुक्त पुरुषका जीबनशैली प्रवचन पुस्तक द्दारा हामी प्रभावित हुन्छौ तर जीबन शैलि कहिल्यै रुपान्तरित गर्दैनौ।कथाका राजा पात्र झै जीबनमा जति पिडा खेपेपनि हामी खुसी जीबनको बाटो समात्दैनौ।कोरोनाको कहरमा असजिलो जीबन यापना गर्दा बिभिन्न मिडियामा आएका लेख्य सामाङग्री अन्तरबार्ता भिडियो आदिले हामीलाई अबको जीबन रुपान्तरणबारे सोच्न बाद्य पारेको छ।कोरोनाले हामीलाई ज्ञान योग ध्यान सकारात्मक सोच मानवसेवा सात्विक भोजन अध्यात्मिक चिन्तन सहितको खुसीमय जीबन यापन गर्न सुझाएको छ।समयमा नै जीबशैलीमा परिबर्तन गर्दै सकरात्मक चिजहरुलाई जीबनमा जोड्दै गयौ भनेर एकातिर जीबनको सौन्दर्यता बढ्छ भने अर्कोतिर असहज बिषम परिस्थिति ब्यबस्थापन गर्न पनि सहज हुन्छ।

नारायण प्रसाद रेग्मी उप प्राध्यापक सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवन,नेपाल


२०७७-जेठ-१३ गते प्रकाशित

लोकप्रिय

उपाध्यक्ष भरत कुमार बिरमीवाल नवमीमा मंदिरमा घण्टी चढाए

कृष्णनगर, कपिलवस्तु कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ मा अवस्थित पल्टा माता को मन्दिरमा कृष्णनगर नगरपालिका वडा नं २ बस्ने मारवाड़ी सेवा समिति लक्ष्मी नारायण मंदिर सेवा

प्रदेश प्रवक्ता अकरम पठान द्वारा दशैं , शुभ दिपावली तथा छठ चाडपर्वको शुभकामना व्यक्त

  कृष्णनगर,  कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ,  इमानदार व्यक्तित्व,भएका युवा नेता तथा समाजसेवी तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले ले बडा़ दशै , शुभ

विशेष अपडेट


भिडियो