कथा भित्र लुकेको सार्थक जीबनको रहस्य.. नारायण प्रसाद रेग्मी



नारायण प्रसाद रेग्मी

तिर्खाले भौतारिएको कागले एउटा घैटोको पिधँमा पानी देख्यो।घैटोको पिधँको पानी सहजै पिउन नसकेपछि कागले पानी पिउने उपाय बारे सोच्यो।घैटोमा ढुङगाको टुक्रा खसाल्दै लैजादा पानीको सतह बढेपछि पानी पिउन सहज हुने निष्कर्षमा काग पुग्यो।प्रश्नले थमाएको जुक्तिलाई पुरा गर्न काग लागि पर्यो।स-साना ढुङगा घैटोमा राख्दै जादा पानीको सतह माथि आयो।कागले धित मर्ने गरि पानी पिएर तिर्खा मेट्यो।सम्भवत:अहिलेका कागले घैटोको पानी पिउन बजारतिर कोक फेन्टा जुस पिएर फालेका पाइपका टुक्रा प्रयोग गर्थ्यो होला। भोकले भौतारिएको स्यालले लहरामा झुण्डिएको पाकेको अङगुरको झुप्पा देख्यो।अङगुर खाएर भएर पनि भोक टार्नेमा स्याल पुग्यो।अङगुर खानको लागि स्यालले अथक प्रयास गर्यो।स्यालले गरेको प्रयास ब्यर्थ भयो।लहरामा झुण्डिएको अङगुर खान नसकेपछि स्याल झुप्पाको अङगुर अमिलो भएको निष्कर्षमा पुग्यो।हिजोआजका स्याल भएको भए अङगुरको लहरो नै चुडाएर बाटो लाग्थ्यो होला सायद। सानो छदा हामी थुप्रै प्रश्न गर्थ्यौ।परिबार समाज बिद्यालय धर्म सस्कारको घेराले हामीलाई घेर्दै लग्यो र हामी ज्ञानी बिबेकी बन्ने नाममा सबै कुरा बुझेको नाटक गरेर प्रश्न गर्न छोड्यौ।कागले पानी पिउनको लागि बुद्दि आत्मज्ञानको प्रयोग गर्यो।तिर्खाबाट उब्जेको चाहाना पुरा गर्न कागले प्रयत्न गर्यो।घैटोको पिँध भित्रको पानीलाई समस्याको रुपमा लिएन।प्रश्न गर्यो।उत्तर भेट्यो।भोगबाट उब्जेको चाहाना अङगुरबाट पनि पुरा हुनेमा स्याल पुग्यो।पोखरीमा पौडि खेल्न जान्नेले भन्दा नजान्नेले मेहनत त गर्छ तर डुबेर मर्छ र अन्तमा पोखरीको गहिराईलाई दोष दिन्छ।स्यालमा अभिमान(Ego)थियो ।अभिमानलाई सम्बेग(Emotion)ले ढाक्दा स्यालको बुद्दिमा ग्रहण लाग्यो।स्याल Egoको कारण अङगुरलाई दोष थमाएर आफ्नो कमजोरी बोध गर्न सकेन र स्वादिष्ट अङगुर खानबाट चुक्यो। जीबनमा मानव पनि काम क्रोध लोभ मोहले जेलिएको अबस्थामा हुन्छ।जीबनमा अथाह सम्भाबना लिएर जन्मेको मानव काम क्रोध लोभ मोह नियन्त्रण गर्न नसक्दा म को हुँ?मेरो जन्म के का लागि भएको हो?के गर्यो भने जीबनमा सधै खुसीसाथ जीउन सकिन्छ? भन्ने प्रश्नको उत्तर खोज्न तिर समय नै खर्चिदैन।भौतिक सम्पति धन दौलत ऐश आराम पद प्रतिष्ठा प्राप्त हुदाको सुखलाई सुसी हो भन्ने भ्रम मानवमा ब्याप्त छ।जीबनमा अनुपम स्थायी अतुलनिय खुसी अन्तरयात्राबाट मात्र प्राप्त गर्न सकिन्छ।ज्ञान योग ध्यान साधना सकारात्मक सोच सात्विक आहार मानव सेवा आध्यात्मिक चिन्तनलाई जीबनका मार्ग निर्देशन सिद्दान्त बनाएर अघि बढ्न सक्ने हो भने जीबनमा सबैको रोजाई चाहाना बनेको खुसी सहजै अनुभुति गर्न सकिन्छ।

उप प्राध्यापक सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवन,नेपाल

 

 


२०७७-जेठ-१८ गते प्रकाशित

लोकप्रिय

सरावल गाउँपालिकाका यी दुई स्वतन्त्र उम्मेद्वारको पक्षमा देखिएको ठुलो जनलहर

नवलपरासी /२२ बैशाख  पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष पदको स्वतन्त्र उम्मेदवार राधेश्याम चाैधरी र उपाध्यक्ष पदकाे स्वतन्त्र उम्मेदवार प्रदिप कुमार अग्रहरीकाे पक्षमा जनलहर

निर्वाचित पालिका अध्यक्ष राधेश्याम चाैधरी र प्रदिप अग्रहरीले दिए स्वतन्त्र उम्मेदवारी

नवलपरासी , १२ बैशाख   पश्चिम नवलपरासीको निर्वाचित सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी गाउँपालिका अध्यक्षमा तथा प्रदिप कुमार अग्रहरी उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता

सरावल ४ मा स्वतन्त्र उम्मेदवार छाेटेलाल यादव सहितको प्यानलकाे क्रेज

नवलपरासी / २० बैशाख  पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ मा वडा अध्यक्षको उमेदवारमा छाेटेलाल यादव सहितको प्यानल घर्दैलो कार्यक्रम र भोट्मागनमा ब्यस्त देखिएका छन।   २०७४

विशेष अपडेट


भिडियो