ब्यङ्गय कविता :रथ र पथ नमिलेका आँडे गाेरुकाे हल



 

ब्यङ्गय कविता :रथ र पथ नमिलेका आँडे  गाेरुकाे हल


गाेरु उस्तै अाँडे हुन कि जानेनन् कि नार्न!
खुरु खुरु तान्न छाेडि फर्कियाे कि मार्न?

किन फर्कयाे पछिल्तिर जाेत्नि मेलाे छाेडि
जाेताराे पाे धाेल्लाे थ्याे कि मन परेन जाेडी?

हली मार्न फर्कियाे कि जाेडा सङ्ग भिड्न?
उल्टाे काँधमा नारे कि खै जानेनै पाे हिँड्न?

एकै काँधे परे कि खै यस्ताे हुन गयाे!
नमिलेका जाेडा नार्दा अनर्थ पाे भयाे ?

एउटा अग्लाे अर्काे हाेचाे मिलेन कि रथ!
रथै मात्र मिलेन कि बेग्लै छ त्याे पथ?

नमिलेकाे रथ हाे कि पथ पाइएन खै मेसाे!
अाधा मेलाे सके पछि गर्याे किन त्यसाे?

देख्याे कि खै छेउमा कतै भरि घाँसकाे डाेकाे?
एउटा गाेरु अघाएकाे अर्काे थियाे कि भाेकाे?

जानेन कि गाेसाँएले ति हल गाेरु पाल्न?
बराबरि पारि तिनले खाने घाँस त्याे हाल्न!

पढ्कायाे कि गाेरु कतै हलाे अड्काएर
अाफै यस्ताे गर्याे कि खै सँहिले भड्काएर?

Image may contain: 1 person

अाधा दिनमा मेलाे काट्नि पर्या हाे कि बानी!
नसप्रिने बानी हाे कि हाे याे जाना जानि?

एउटै हलमा नार्या गाेरु भा छन् सिङ्ग र पुच्छर!
एउटा ताक्छ दक्षिण तिर अर्काे ताक्छ उत्तर!

यस्ता गाेरु जाेत्दा खेरि कस्ताे हाेला खेती !
किसानै पाे उस्ताे हाे कि बुझेन कि त्यति !

साेइला पनि उस्तै हुन कि जता पनि हिल्नि?
हल्का बल त्याे लगाइ हेरे फर्किनै नि मिल्नि!

मिल्थ्याे कि त रथ पाे कतै काँध फेरेर हेरे!
फलामैका साेइला ठाेकि जाेताराले बेरे!

कि त फेर जाेत्नि गाेरु कि त फेर हलाे
रथ र पथ दुवै मिले बल्ल हाेला भलाे!

-अर्जुन राज पन्त
(व्यङग्य कवि पन्त नेपाली साहित्यकाे पहिलाे ब्यङ्ग्यकाब्य "काेइली"का समेत लेखक हुन)


२०७७-असार-२७ गते प्रकाशित

लोकप्रिय

जसपा नेपाल लुम्बिनी प्रदेश समिति द्वारा नयाँ बर्ष ,नवरात्रि तथा रमजान पर्व‌को शुभकामना व्यक्त

  १ बैशाख , कपिलवस्तु  जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले नयाँ बर्ष तथा रमजानपर्व‌को शुभ अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी

सहयोग र भाईचाराका साथ रोजा बस्दै रमजान पर्व मनाउन राष्ट्रीय मदरसा संघको आग्रह

  बैशाख १,कपिलवस्तु पवित्र महिना रमजान तथा नया बर्ष २०७८ को उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालले  कार्यक्रम गरि समाजमा रहेका युवा, समाजसेवी तथा  भद्रभलादमीहरुमा खुशी साटा साट

विशेष अपडेट


भिडियो