त्रिपाठी ले ल्याए तीजको कोसेली रातो साडीमा



नया घरे कान्छो टेक्सास

नेपाली नारीहरूको चाडपर्वलाई केन्द्रीत गरेर दैनिक रुपमा तीजका नया नया कोसेली दर्शक माज आफ्ना श्रृजना पस्कने क्रममा हास्य अभिनेता नारायण त्रिपाठीले आफ्नै स्वर र अभिनय सहित ल्याए रातो साडी मा तीजको कोसेली सार्वजनिक गरेका छन ।अमेरिकामा नै छायांकन गरिएको रातो साडीमा बोलको तीजको कोसेली भिडियोमा अभिनेता त्रिपाठीका साथमा निरु कार्कीको मनोरंजनात्मक अभिनय रहेको छ। नारायण त्रिपाठीकै शव्द तथा रमेश सेन्चुरीको एरेञ्ज तथा संगीत रहेको यस गीतको भिडियोको कोरियोग्राफी डीबी गुरुङले गरेका हुन। सरिता गौतमले सम्पादन गरेकी छन्। पहिलो चोटी गायन मा समेत त्रिपाठी देखा परेका छन् का उनको साथ मा देवी आले र रमेश सेन्चुरीको  समेतले स्वर दिएका छन्।

नेपाली हास्य विधा मा एक क्षत्र ख्याती कमाऊनु भएका त्रिपाठी अमेरिका मा रहेर पनि निरन्तर कला क्षेत्र मा कृयाशिल हुनु हुन्छ ! अमेरिका मा हुने प्राय ठुला नेपाली सार्वजन समारोह मा मनोरन्जन का लागि उनलाई सम्झने गर्छन र उनको दमदार प्रस्तुति दिने गरेका छन ! निरन्तर कला मा सकृय रहेका त्रिपाठी ले हिजो आज आफ्नै युटुव च्यानल वाट नियमित मनोरन्जनत्मक प्रस्तुति दिई रहेका छन ! उनले रुदै गरेर नेपाल सम्झेको मर्म स्पर्शी भिंडियों अहिले चर्चा मा रहेका छन !लकडाऊन खुले पछि को असर , प्रेम चरो को हास्यव्यग मुक्तक कविता प्रस्तुति रहेका सामाग्री उनको च्यानल मा हेर्न सकिन्छ !! नेपाली फ़िल्म र नेपाली टेली चलचित्र मा आफ्नो दरो सहभागिता जनाई सकेका त्रिपाठी ले कोरना को महामारी समय मा महिला दिदी वहिनी माईत जान र रमाईलो गर्न वाहिर जान नसकिने समय भएको ले उनी हरू लाई आफ्नो सामाग्री पनि रमाईलो गर्ने सहयोगी माध्यम हुने र सामाजिक सन्देश मुलक भएको उहा ले जानकारी दिनु भयो !

कस्तो छ त हास्य कलाकार त्रिपाठी को तीज कोसेली यो लिक मा गएर हेर्न र सेयर गर्न सक्नु हुन्छ।


२०७७-श्रावण-२४ गते प्रकाशित

लोकप्रिय

उपाध्यक्ष भरत कुमार बिरमीवाल नवमीमा मंदिरमा घण्टी चढाए

कृष्णनगर, कपिलवस्तु कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ मा अवस्थित पल्टा माता को मन्दिरमा कृष्णनगर नगरपालिका वडा नं २ बस्ने मारवाड़ी सेवा समिति लक्ष्मी नारायण मंदिर सेवा

प्रदेश प्रवक्ता अकरम पठान द्वारा दशैं , शुभ दिपावली तथा छठ चाडपर्वको शुभकामना व्यक्त

  कृष्णनगर,  कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ,  इमानदार व्यक्तित्व,भएका युवा नेता तथा समाजसेवी तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले ले बडा़ दशै , शुभ

विशेष अपडेट


भिडियो