बेलायतमा एकै दिन फेला परे १०६२ नयाँ संक्रमित



 बेलायतमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । बेलायतमा गत २४ घण्टामा १ हजार ६२ नयाँ संक्रमित फेला परेका समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

जुन महिनापछि एकै दिनमा यति धेरै कोरोना संक्रमित फेला परेको यो पहिलो पटक हो । अघिल्लो दिन ७ सय ५८ जना नयाँ संक्रमित फेला परेका थिए ।

पछिल्लो तथ्यांकले बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको भनेर चिन्ता व्यक्त गरिएको छ । संक्रमण फैलिनबाट रोक्न बेलायत सरकारले केही स्थानमा लकडाउन गरेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार बेलायतमा हालसम्म ३ लाख १२ हजार ५ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४६ हजार ६ सय ५९ जनाको मृत्यु भएको छ ।


२०७७-श्रावण-२६ गते प्रकाशित

लोकप्रिय

उपाध्यक्ष भरत कुमार बिरमीवाल नवमीमा मंदिरमा घण्टी चढाए

कृष्णनगर, कपिलवस्तु कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ मा अवस्थित पल्टा माता को मन्दिरमा कृष्णनगर नगरपालिका वडा नं २ बस्ने मारवाड़ी सेवा समिति लक्ष्मी नारायण मंदिर सेवा

प्रदेश प्रवक्ता अकरम पठान द्वारा दशैं , शुभ दिपावली तथा छठ चाडपर्वको शुभकामना व्यक्त

  कृष्णनगर,  कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ,  इमानदार व्यक्तित्व,भएका युवा नेता तथा समाजसेवी तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले ले बडा़ दशै , शुभ

विशेष अपडेट


भिडियो