नवलपरासीमा ७ लाख ३६ हजार मुल्य बराबरका अबैध मालसामान प्रहरीको नियन्त्रणमा



नवलपरासीमा ७ लाख ३६ हजार मुल्य बराबरका अबैध मालसामान प्रहरीको नियन्त्रणमा

संजय कुशवाहा / नवलपरासी 

 पश्चिम  नवलपरासीको  विभिन्न  ठाउँहरुबाट  ७ लाख ३६ हजार ४ सय  मूल्य  बराबरको अबैध मालसामान  प्रहरीले नियन्त्रणमा लिएको  छ ।

बुधबार बिहान  प्रतापपुर गाउँपालिका वडा न.५ बसहियास्थित नेपालबाट  भारततर्फ अबैधरूपमा लैजाँदै गरेको करिब १ लाख ३६ हजार मुल्य बराबरको ३७ बोरा ( १७ क्विन्टल ) सेतो मटर (केराउ ) प्रहरी चौकी बसहियाले नियन्त्रण गरेको छ ।

यसैगरी सोही गाउँपालिका वडा न.९ खजुरापुल स्थित नेपालबाट भारततर्फ अबैधरूपमा लैजाँदै गरेको करिब ३ लाख २० हजार मुल्य बराबरको ८० बोरा ( ४० क्विन्टल ) सेतो मटर (केराउ ) इलाका प्रहरी कार्यालय बेलाटारीले नियन्त्रण गरेको छ ।

यसैगरी सोही गाउँपालिका वडा न.९ बर्दघाटेस्थित नेपालबाट भारततर्फ अबैधरूपमा लैजाँदै गरेको करिब २२ हजार मुल्य बराबरको ८ बोरा ( २सय ७५ किलो  ) सेतो मटर (केराउ )  प्रहरी पंचपेडाले नियन्त्रण गरेको छ ।

यसैगरी पाल्हिनन्दन गाउँपालिका वडा न.२ हरपुरबाट करिब १ लाख १२ हजार ४ सय मुल्य बराबरको  भारतबाट नेपालतर्फ भन्सार छली अबैधरूपमा ल्याउदै गरेको  लेडिज कुर्ता सुरूवाल ५ थान ,सुटको थान कपडा ३ थान ,ध्वजा कपडा ४० मिटर ,कासको दियो १७ पोका, मोबाइल ५ थान र   नेपालबाट भारततर्फ अबैधरूपमा लैजाँदै गरेको करिब २० हजार मुल्य बराबरको ६ बोरा ( २सय ५० किलो  ) सेतो मटर (केराउ ) सिमा प्रहरी चौकी महेशपुरबाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सोही गाउँपालिका वडा न. २ मुडेरास्थित भारतबाट नेपालतर्फ भन्सार छली अबैधरूपमा ल्याउदै गरेको ६ हजार मुल्य बराबरको १ बोरा चिनी र नेपालबाट भारततर्फ अबैधरूपमा लैजाँदै गरेको करिब १ लाख २० हजार मुल्य बराबरको ( १५ क्विन्टल ) सेतो मटर (केराउ ) जिल्ला  प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले नियन्त्रण लिएका छन  ।

उक्त सामान  मोटरसाईकलमा राखी लैजादै गर्दा प्रहरी टोलीलाई देखेपछी सामान छाडी मोटरसाइकल लिई मानसिक भागेका थिए । नियन्त्रणमा लिएको मालसामान  आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको  जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए  ।


२०७७-आश्विन-२८ गते प्रकाशित

लोकप्रिय

सर्जक सुवेदी को “तिमीलाई देखेपछि माया पलायो “ गीत सार्वजनिक

एक दशक भन्दा लामो समय देखी अमेरिकाको भर्जनियामा रहेर पनि आफ्नो मन भने नेपाली भाषा साहित्य र कलाको छेत्रमा समर्पित गर्नु हुने सर्जक नीलकण्ठ सुवेदीले तिमीलाई देखेपछि माया पलायो बोल को गीत

विशेष अपडेट


भिडियो