समाज सेवी नारायण कंडेलले आईसीसी सदस्य पदका लागि मत माग्दै !



No description available.

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको आसन्न निर्वाचन (२०२१-०२३) का लागि आईसीसी सदस्य पदका लागि नारायण कंडेलले उमेद्वारी दर्ता गराएका छन् । लामो समयदेखी अमेरिकामा रहेर समाजिक कार्यमा क्रियाशिल कणेलले नयाँ कार्यसमिती निर्वाचनमा आईसीसी सदस्य पदका लागि उमेद्वारी दर्ता गरेका हुन् । एनआरएनए अमेरिकाका पछिल्ला निर्वाचनमा समेत उमेद्वारीका कारण चर्चामा रहदैं आएका कंडेललाई यस निर्वाचनमा पनि कुनै न कुनै पदमा देख्न सकिने आँकलन धेरैको थियो । टेक्सासमा रहेर नेपाली समुदाय र मातृभूमिको समस्यामा संधै सक्रिय भूमिकामा देखिंदै आएका उनले आफ्नो उमेद्वारीबारे वक्तब्य जारी गरेका छन् । जसमा उल्लेख भए अनुसार कणेलले नयाँ कार्यसमिती निर्वाचनमा एनआरएनका अग्रज अभियान्ताहरू, सहकर्मी,सहपाठी, सहयात्री र आफन्तजनको सल्लाहा, सुझाव, र समर्थनको कदर गर्दै यस निर्वाचनमा अमेरिकाबाट प्रतिनिधिीत्व गर्दै आईसीसी सदस्य पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रने भएका हुन् । उम्मेदवार कंडेलले भनेका छन् 'मेरो विजयको आधार भनेको तपाईहरूले देखाउनु भएको साहानुभुति,मेरो ईमान्दारीता लगनसिलता र सानै उमेर देखि सामाजिक कार्यमा कार्यकुशलता नै हो। म सामूहिक निर्णय र व्यक्तिगत जीम्मेवारीमा विश्वास गर्दछु।' एकता, सहमति, सहकार्य र उच्च नैतिकता प्रमुख लक्ष्य बनाएर आईसीसी सदस्य पदको उमेद्वारी सार्वजनिक गरेका नारायण कंडेलले एनआरएनलाई हाम्रो भन्दा पनि राम्रो र सबै प्रवासिहरूको साझा एनआरएन बनाउने कार्यमा आफु विजय,पराजय जे भए पनि आफ्नो क्षमताले भ्याए सम्म अभियानमा आवद्ध रहेर काम गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन्


२०७८-बैशाख-१२ गते प्रकाशित

लोकप्रिय

महुवन स्थीत प्रहरी चौकीकाे कार्यालय असुरक्षित

अर्जुन शाह/वैशाख २३ / महुवन पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वाड नं ५ महुवन स्थीत प्रहरी चौकीकाे कार्यालय सुरक्षित रहेका छैन । प्रहरी चौकी महुवनको कार्यालय कठामा छ त्यसको प्रखाल

सरावल गाउँपालिकामा अक्सिजन सहितको ५ शैया आइसोलेशन कक्ष

उमेश बि.क / नवलपरासी ,२३ बैशाख  पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले अक्सिजन सहितको आइसोलेशन कक्ष तयार गरेको छ । छिमेकी राष्ट्र भारत मात्र नभइ नेपालमा पनि नयाँ भेरिएन्टको रुपमा रहेको

विशेष अपडेट


भिडियो