कीर्तिमानी जितसँगै नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि



May be an image of 12 people and people standing

११ वैशाख, काठमाडौं । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ ।

कुशल  भुर्तेलसँगै कुशल मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालले २३८ रनको कीर्तिमानी स्कोर खडा गरेको गरेको थियो । जवाफमा नेदरल्याण्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।

नेदरल्याण्ड्समाथि हात पारेको १४२ रनको जित टी-२० अन्तर्राष्ट्रिय नेपालको कीर्तिमानी जित हो । यसअघि नेपालले १३औं सागमा भुटानलाई १४१ रनले पराजित गरेको थियो ।

साथै नेपालले घरेलु मैदानमा ११ वर्षपछि पहिलो उपाधि जितेको हो । यसअघि सन् २०१० मा नेपालमै भएको आईसीसी डिभिजन फाइभको उपाधि नेपालले जितेको थियो ।

उत्कृष्ट बलिङ 

डच टोलीलाई तीन अंकको स्कोर समेत बनाउन नदिने क्रममा नेपाली बलरहरूले यस सिरिजकै उत्कृष्ट प्रदर्शन गरे । नेदरल्याण्ड्सका लागि सेबास्टिएन ब्राटले अविजित रहँदै सर्वाधिक २६ रन बनाए । यस्तै म्याक्स ओ डोले २० र कप्तान पिटर सिलारले १३ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्सको सुरुवात राम्रो हुन सकेन । नेदरल्याण्ड्सले दोस्रो ओभरमै ओपनर टोबियस भिसेलाई दुई रनमै गुमायो । उनलाई आसिफ शेखले डिरेक्ट हिटमार्फत रनआउट गरे ।

चौथो ओभरको अन्तिम बलमा बेन कुपर आउट भए । कमल सिंह ऐरीको बलमा उनलाई कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट क्याच गर्दै आउट गरे । पाँचौं ओभरको पाँचौं बलमा कुशल भुर्तेलले उत्कृष्ट रनआउट गरे । एक रन बनाएका डच बास डेलाई लिड पोइन्टमा रहेका भुर्तेलको डिरेक्ट हिटमा रनआउट भए ।

छैटौं ओभरको चौथो बलमा करण केसीले नेदरल्याण्ड्सका ओपनर म्याक्स ओ डोडलाई बोल्ड गरे । १९ बलको समना गरेका ओ डोडले दुई चौका र एक छक्काको मद्दतमा २० रन जोडेका थिए । विशाल लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ६ ओभरको पावर प्लेमा ४ विकेट गुमाएर ३७ रन मात्र बनाएको थियो ।

त्यसपछि पनि नेपाली बलरहरुले नेदरल्याण्ड्सका ब्याट्सम्यानहरुलाई खेलमा फर्किने अवसर नै दिएनन् ।

करण केसीले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । कमल सिंह ऐरी र सन्दीप लामिछानेले समान २-२ विकेट लि‌दा अविनाश बोहोराका नाममा एक विकेट रहृयो ।

May be an image of 2 people, people standing, outdoors and text

कुशलको उत्कृष्ट प्रदर्शन जारी रहँदा अर्का कुशलको अर्धशतक 

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो ।

ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए । ५५ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । कुशल मल्लले अविजित ५० रन बनाउँदा उपकप्तान दीपेन्द्र सिंह ऐरी ४८ रनमा नटआउट रहे ।

कुशल र दीपेन्द्रले चौथो विकेटका लागि अविजित ७७ रनको साझेदारी गरेका थिए । २० बलमा ५० बल बनाएका कुलशको टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो अर्धशतक हो । १८ बलमा ४८ रन बनाएका दीपेन्द्र भने अर्धशतक बनाउन दुई रनले चुके ।

कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आसिफ शेखले ८ बलमा १६ रन जोडे ।


२०७८-बैशाख-१२ गते प्रकाशित

लोकप्रिय

महुवन स्थीत प्रहरी चौकीकाे कार्यालय असुरक्षित

अर्जुन शाह/वैशाख २३ / महुवन पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वाड नं ५ महुवन स्थीत प्रहरी चौकीकाे कार्यालय सुरक्षित रहेका छैन । प्रहरी चौकी महुवनको कार्यालय कठामा छ त्यसको प्रखाल

सरावल गाउँपालिकामा अक्सिजन सहितको ५ शैया आइसोलेशन कक्ष

उमेश बि.क / नवलपरासी ,२३ बैशाख  पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले अक्सिजन सहितको आइसोलेशन कक्ष तयार गरेको छ । छिमेकी राष्ट्र भारत मात्र नभइ नेपालमा पनि नयाँ भेरिएन्टको रुपमा रहेको

विशेष अपडेट


भिडियो