सांसद कण्डेलकाे विशेष सहयोगमा ४० वटा अक्सिजन हस्तान्तरण



विकास घिमिरे / नवलपरासी ,३ जेठ 

पुर्व गृह राज्यमन्त्री एवं प्रतिनिधी सभा सांसद देवेन्द्रराज कण्डेलको बिशेष सहयोगमा आज थप ३० थान जिल्ला प्रशासन कार्यालय परासीमा र १० थान सहिद स्मृति अस्पताल चौपत्तामा गरि कुल ४० वटा रिफिल्ड अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ।

एनआरएनए अफ़्रिकिन रिजन  तथा एनआरएनए Dr कङ्गोको आर्थिक सहयोग,लायन्स क्लब बुटवल स्टार तथा लियो क्लब अफ रामग्राम नवलपरासीको ब्यवस्थापनमा जिल्लामा करिब २०० थान अक्सिजन सिलिन्डर प्रदान गर्ने कार्यक्रम अनुरुप आज थप ३० थान रिफिल्ड अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ। 

साथै हस्तान्तरण गरिएको ३० थान मध्ये अतिअावश्यक १० थान रिफिल्ड अक्सिजन सिलिन्डर थप गरि कुल २० वटा सहिद स्मृति अस्पतालमा यथाशिघ्र पठाईएको मा.देवेन्द्र राज कण्डेलको स्वकीय सचिव कमल किशोर रायमाझीले जानकारी गराउनु भएको हाे। 

लायन्स क्लब बुटवल स्टारका अध्यक्ष एवं लायन्स 325B2 एरिया चिफ संयोजक सन्दिप कसौधन,रामग्राम नगरपालिका बोर्ड मेम्बर सुनिता श्रेष्ठ तथा लियो क्लब रामग्राम शाखा नवलपरासी अध्यक्ष बिकास घिमिरेको ब्यवस्थापनमा जिल्लामा अक्सिजन सिलिन्डर प्रदान गर्ने कार्यक्रम अनुरुप आज थप ४० वटा रिफिल्ड अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो।

कोभिडको दोस्रो लहर पश्चात् सांसद  कण्डेलको बिशेष सहयोगबाट पुर्व र पश्चिम नवलपरासी जिल्लामा क्रमश २५ र १२५ गरि कुल १५० वटा रिफिल्ड अक्सिजन सिलिन्डर उपलब्ध गराई सक्नु भएको छ।

एनआरएनए अफ्रिकाको तर्फबाट आर्थिक सहयोग समन्वय गरि रहनु भएका एनआरएनए  अध्यक्ष अमृत क्षेत्रीले बिशेष  आभार ब्यक्त गर्नु भएको छ।


२०७८-जेठ-३ गते प्रकाशित

लोकप्रिय

विशेष अपडेट


भिडियो