खिमलाल देवकोटा राष्ट्रियसभा सदस्य, माधव समूहद्वारा पार्टी ह्वीप उल्लंघन



काठमाडौं । राष्ट्रियसभा सदस्यमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा विजयी हुनु भएको छ । उहाँलाई एमाले पार्टीको ह्वीप उल्लंघन गर्दै माधव नेपाल समूहले मतदान गरेपछि विजय सुनिश्चित भएको हो ।

यसका अलवा देवकोटालाई कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको समर्थन थियो । माधव गुटसहितको गठबन्धनका उम्मेदवार देवकोटाले ५०८८ मतभार प्राप्त गर्नुभएको छ ।

एमालेको सूर्य चिन्हधारी उम्मेदवार रामबहादुर थापालाई भने ४०४१ मतभार प्राप्त भएको थियो । माधव गुटका कारण एमाले उम्मेदवारलाई पराजित गराइएको छ ।

राष्ट्रिय सभामा वाग्मती प्रदेशको अन्य सदस्यमा भएको उपनिर्वाचनमा प्रदेश सभा कुल ११० सदस्यमध्ये १०५ मात्र खसेको थियो । जसमा पशुपति चौलागाईको केही दिनअघि मात्रै निधन भएको थियो भने साझा पार्टीका सदस्यले मतदान बहिष्कार गरेका थिए ।

निर्वाचनमा खसेको मतमध्ये देवकोटाले ५८, थापाले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ मत खसेकामा देवकोटाले १२८, थापाले १०३ र तामाङले २ मत पाउनुभयो।


२०७८-जेठ-६ गते प्रकाशित

लोकप्रिय

उपाध्यक्ष भरत कुमार बिरमीवाल नवमीमा मंदिरमा घण्टी चढाए

कृष्णनगर, कपिलवस्तु कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ मा अवस्थित पल्टा माता को मन्दिरमा कृष्णनगर नगरपालिका वडा नं २ बस्ने मारवाड़ी सेवा समिति लक्ष्मी नारायण मंदिर सेवा

प्रदेश प्रवक्ता अकरम पठान द्वारा दशैं , शुभ दिपावली तथा छठ चाडपर्वको शुभकामना व्यक्त

  कृष्णनगर,  कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ,  इमानदार व्यक्तित्व,भएका युवा नेता तथा समाजसेवी तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले ले बडा़ दशै , शुभ

विशेष अपडेट


भिडियो