सांसद कण्डेलको बिशेष सहयोगमा ६० थान अक्सिजन सिलिन्डर पृथ्वीचन्द्र अस्पताललाई हस्तान्तरण



 

पुर्व गृह राज्यमन्त्री एवं प्रतिनिधी सभा  सदस्य मा.देवेन्द्र राज कण्डेलको  बिशेष सहयोगमा ६०थान  रिफिल्ड अक्सिजन सिलिन्डर परासी स्थित पृथ्वीचन्द्र अस्पताललाई हस्तान्तरण गरिएको छ।
    एनआरएनए अफ़्रिकिन रिजन  तथा एनआरएनए Dr कङ्गोको आर्थिक सहयोग,लायन्स क्लब बुटवल स्टार तथा लियो क्लब अफ रामग्राम नवलपरासीको ब्यवस्थापनमा जिल्लामा करिब २०० थान अक्सिजन सिलिन्डर प्रदान गर्ने कार्यक्रम अनुरुप थप ६० थान रिफिल्ड अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ। साथै हस्तान्तरण गरिएको ६० थान  तिन दिनको अन्तरालमा प्रति दिन २० वटा गरि कुल ६० वटा रिफिल्ड अक्सिजन सिलिन्डर प्रदान गरिएको मा.देवेन्द्र राज कण्डेल ज्युको स्वकीय सचिव कमल किशोर रायमाझीले जानकारी गराउनु भएको छ। 
लायन्स कल्ब बुटवल स्टारका अध्यक्ष एवं लायन्स 325B2 एरिया चिफ संयोजक  सन्दिप कसौधन,रामग्राम नगरपालिका बोर्ड मेम्बर  सुनिता श्रेष्ठ तथा लियो क्लब रामग्राम शाखा नवलपरासी अध्यक्ष  बिकास घिमिरे को ब्यवस्थापनमा जिल्लामा अक्सिजन सिलिन्डर प्रदान गर्ने कार्यक्रम अनुरुप आज थप ४० वटा रिफिल्ड अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो।कोभिडको दोस्रो लहर पश्चात् मा.देबेन्द्रराज कण्डेलको बिशेष सहयोग बाट पुर्व र पश्चिम नवलपरासी जिल्लामा क्रमश २५ र १५० गरि कुल १७५ वटा रिफिल्ड अक्सिजन सिलिन्डर उपलब्ध गराई सक्नु भएको छ।एनआरएनए अफ्रिकाको तर्फबाट आर्थिक सहयोग समन्वय गरि रहनु भएका एनआरएनए  अध्यक्ष अमृत क्षेत्रीले बिशेष  आभार ब्यक्त गर्नु भएको छ।


२०७८-जेठ-७ गते प्रकाशित

लोकप्रिय

उपाध्यक्ष भरत कुमार बिरमीवाल नवमीमा मंदिरमा घण्टी चढाए

कृष्णनगर, कपिलवस्तु कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ मा अवस्थित पल्टा माता को मन्दिरमा कृष्णनगर नगरपालिका वडा नं २ बस्ने मारवाड़ी सेवा समिति लक्ष्मी नारायण मंदिर सेवा

प्रदेश प्रवक्ता अकरम पठान द्वारा दशैं , शुभ दिपावली तथा छठ चाडपर्वको शुभकामना व्यक्त

  कृष्णनगर,  कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ,  इमानदार व्यक्तित्व,भएका युवा नेता तथा समाजसेवी तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले ले बडा़ दशै , शुभ

विशेष अपडेट


भिडियो