वि. पी. उद्यानको जग्गामा भईरहेको निर्माण कार्य अविलम्ब रोक्न नेका पर्साको आग्रह




पर्सा , असार २८

वीरगंज महानगरपालिकाको स्वामित्वमा वीरगंज घण्टाघर नजिक रहेको वी.पी.उधानको नाममा रहेको जग्गामा केहि दिन देखि पार्कको मूल संरचनानै निर्माण नगरि,पार्किङ्ग एरीया मात्र भनेर वी.म.न.पाले अवैज्ञानिक तरीकाले जमीन माथीको सतह ढलान गरिरहेको जनताको जनगुनासो प्रति नेपाली कांग्रेस पर्साको गम्भीर ध्यान आकृष्ट भएको छ ।नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले जारी गर्नुभएको विज्ञप्ति अनुसार नेपाल सरकारले पार्क बाहेक अन्य कुनै प्रयोजनमा उपयोग गर्न नपाईने भनेर मालपोतको लालपुर्जामा समेत उल्लेख गरिएकोलाई बेवास्ता गर्दै वी.म.न.पाले पार्कको संरचनानै ध्वस्त गर्न लागेको हो कि भन्ने जनमानसमा शंका उत्पन्न भएको उल्लेख गरिएको छ ।अतः वी.पी.उधानको नाममा रहेको सो जग्गामा पार्किङ्ग एरीयाको नाममा भईरहेको ढलान निर्माण कार्य हाललाई रोक्दै सो पार्कको मुख्य योजना बनाएर मात्र पार्क तथा पार्क सँग सम्बन्धित अन्य संरचनाहरु वैज्ञानिक तरीकाले निर्माण गरिनुपर्ने र सो कुरा जनतालाई पूर्णरुपमा आश्वस्त पार्नुपर्ने नेपाली कांग्रेस,पर्साको स्पष्ट धारणा रहेको सम्बन्धित निकाय वी.म.न.पा लगायत सबैमा जानकारी गराईन्छ


२०७८-असार-२८ गते प्रकाशित

लोकप्रिय

हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोगमा निशुल्क खाद्यान्न समाग्री वितरण

  कृष्णनगर, वैशाख २५   कपिलवस्तुको कृष्णनगर  तथा शिवराज नगरपालिका भित्रका गरिब असहाय मजदूर लगायत बिपन्न ३०० परिवार लाई सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ। हेरा

सरावल गाउँपालिकामा अक्सिजन सहितको ५ शैया आइसोलेशन कक्ष

उमेश बि.क / नवलपरासी ,२३ बैशाख  पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले अक्सिजन सहितको आइसोलेशन कक्ष तयार गरेको छ । छिमेकी राष्ट्र भारत मात्र नभइ नेपालमा पनि नयाँ भेरिएन्टको रुपमा रहेको

पृथ्वी चन्द्र अस्पताल परासीमा चरम लापरवाही

उमेश बि.क/ नवलपरासी , २९ असार  पश्चिम नवलपरासीको सबैभन्दा पुरानो जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल परासीमा चरम लापरवाही रहेको छ। काेभिड बिरामी भइ साे अस्पतालमा भर्ना हुदा विरामीलाई

विशेष अपडेट


भिडियो