पृथ्वी चन्द्र अस्पताल परासीमा चरम लापरवाही




उमेश बि.क/ नवलपरासी , २९ असार 

पश्चिम नवलपरासीको सबैभन्दा पुरानो जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल परासीमा चरम लापरवाही रहेको छ।

काेभिड बिरामी भइ साे अस्पतालमा भर्ना हुदा विरामीलाई गर्ने ब्यवहार र उपचारकाे तरिकाप्रती बिरामी  त्रसित भएका छन्।

‘काेभिड उपचार गर्न आएको वार्डमा उपचाररत एक बिरामीले भने, ‘यो अस्पतालमा चरम लापरबाही रहेको छ।’ उनले अस्पतालको लापरबाहीका कारण आफूसहित अन्य बिरामी र बिरामीका आफन्त खतरामा रहेको जानकारी दिए ।
 
रुघाखोकी र ज्वरो भई पृथ्वीचन्द्र अस्पतालमा भर्ना भइ असार ७ गते कोभिड एन्टिजेन टेस्ट : पाेजेटिभ भएर उपचाररत बिरामी भन्छन खाना  बनाउन लाई झर्केर साेध्ने र मनपरि चेकजाँच गर्ने सम्मको लापरवाह रहेको गुनासो ब्यक्त गरेका छन ।

अस्पतालकाे व्यवस्थापकीय कमजोरी र लापरबाहीले आफू जोखिममा परेको बताएका छन्। ज्वराे नाप्नलाई थर्मामिटर बिरामीलाई दिएर जाने र के कति ज्वराे रहेको हेर्न पनि नअाउने यति सम्मकाे लापरवाही रहेको बताइएको छ।

अाफु काेराेना संक्रमित भई साे अस्पतालमा उपचार गराइ रहेको र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीकाे लापरबाहीले अाफु झन कमजोर हुदै गएकाे बताउछन् ।

अाफ्नाे अार्थिक अवस्था कमजोर र साे अस्पतालमा धेरै दिनकाे बसाइँ त्यसमाथि स्वास्थ्यकर्मीकाे लापरबाहीले अाफु निरास हुदै गएकाे बताए ।

अस्पताल लामाे बसाइँकाे समय बित्दै जादापनि अाफुमा कुनै परिवर्तन नअाएकाे बताउदै असार २४/२५ गतेतिर काेभिड सन्चाेभएको स्वास्थ्यकर्मी बताउदै घर जान कर गर्दै थिए ।

अाफ्नाे स्वास्थ्यमा कुनै पनि परिवर्तन नरहेकाे र कमजोरी हुदा हिडडुल गर्न समेत कठिनाइ भएको र अक्सिजनकाे अावश्यकता हमेशा परिरहेकोले घर जानबाट अाफु अानाकानि गरेको बताए ।

बिरामीको अवस्था बुझ्न पुगेका अाफन्ता पत्रकार समेत रहेका उनले स्वास्थ्यकर्मीहरुसंग  र अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदासंग साेधपुछ गर्दा उनले बिरामी काेभिड मुक्त भएको बताउदै घरमै लगि स्याहारसुसार गर्न सल्लाह दिए । राम्रोसँग उपचार गर्न बिरामीका अाफन्तले भन्दा अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाले यहाँ यस्तै उपचार हुन्छ बिरामीलाई घर लग्दा हुन्छ जवाफ दिए ।

बिरामीको अवस्थामा केही पनि सुधार नभएकोले उनिहरु अस्पतालबाट घरजान मानेनन् । अवस्था झन बिग्रिदै जादा काेभिड फ्रि भनिएका बिरामी असार २८ गते रुपन्देहीको एक अस्पतालमा भर्ना भएको र पिसिअार चेक गराउदा पाेजेटिभ अाएकाे बताइएको छ ।

हाल काेभिड संक्रमित बिरामीकाे रुपन्देहीको अस्पतालमा उपचार भइरहेको बताइएको छ।


२०७८-असार-२९ गते प्रकाशित

लोकप्रिय

हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोगमा निशुल्क खाद्यान्न समाग्री वितरण

  कृष्णनगर, वैशाख २५   कपिलवस्तुको कृष्णनगर  तथा शिवराज नगरपालिका भित्रका गरिब असहाय मजदूर लगायत बिपन्न ३०० परिवार लाई सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ। हेरा

सरावल गाउँपालिकामा अक्सिजन सहितको ५ शैया आइसोलेशन कक्ष

उमेश बि.क / नवलपरासी ,२३ बैशाख  पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले अक्सिजन सहितको आइसोलेशन कक्ष तयार गरेको छ । छिमेकी राष्ट्र भारत मात्र नभइ नेपालमा पनि नयाँ भेरिएन्टको रुपमा रहेको

पृथ्वी चन्द्र अस्पताल परासीमा चरम लापरवाही

उमेश बि.क/ नवलपरासी , २९ असार  पश्चिम नवलपरासीको सबैभन्दा पुरानो जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल परासीमा चरम लापरवाही रहेको छ। काेभिड बिरामी भइ साे अस्पतालमा भर्ना हुदा विरामीलाई

विशेष अपडेट


भिडियो