बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत




कृष्णनगर, कपिलवस्तु

सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको कुरा राष्ट्रीय मदरसा संघ नेपालले स्वागत गरेको जानकारी राष्ट्रीय मदरसा संघ नेपालका महासचिव मौलाना मशहुद खां नेपालीले दिए।

मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका  राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, राष्ट्रीय मदरसा संघका महासचिव मौलाना मशहुद खां नेपली, नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खां, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सदस्य जहिर अहमद बरेलवी लगायत जाहिद आजाद, अब्दुल नूर, अब्दुल अजिम मदनी, डा. मन्जुर अहमद खां, खुरसेद आलम खां, तुफेल अलम खां, लगाएतले बकर इदको शुभकामना व्यक्त गर्नु भएको छ।

मुस्लिम धर्मावलंबी हरुको महत्वपूर्ण चाड बकर इदको 
 अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्। उहांहरूले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड  बकर इदको हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो । साथै अहिले फैलिएको COVID-19 चाडै संसार बाट लोप होओस भन्ने अल्लाह संग प्रथाना समेत गरेका छन्। मौलाना मशहुद खां नेपालीले नेकपा माओबादी केन्द्रका राष्ट्रीय अध्यक्ष पुष्प कमल दहाल( प्रचण्ड) लाई संघिय लोकतांत्रिक गणतंत्र बचाउनका लागि चालेका कदमको सराहना गर्दै आफूहरू सदैव ऊहांको साथमा हातेमालो गरि अगाडि बढ्ने बताउनुभयो ।


२०७८-श्रावण-४ गते प्रकाशित

लोकप्रिय

हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोगमा निशुल्क खाद्यान्न समाग्री वितरण

  कृष्णनगर, वैशाख २५   कपिलवस्तुको कृष्णनगर  तथा शिवराज नगरपालिका भित्रका गरिब असहाय मजदूर लगायत बिपन्न ३०० परिवार लाई सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ। हेरा

सरावल गाउँपालिकामा अक्सिजन सहितको ५ शैया आइसोलेशन कक्ष

उमेश बि.क / नवलपरासी ,२३ बैशाख  पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले अक्सिजन सहितको आइसोलेशन कक्ष तयार गरेको छ । छिमेकी राष्ट्र भारत मात्र नभइ नेपालमा पनि नयाँ भेरिएन्टको रुपमा रहेको

पृथ्वी चन्द्र अस्पताल परासीमा चरम लापरवाही

उमेश बि.क/ नवलपरासी , २९ असार  पश्चिम नवलपरासीको सबैभन्दा पुरानो जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल परासीमा चरम लापरवाही रहेको छ। काेभिड बिरामी भइ साे अस्पतालमा भर्ना हुदा विरामीलाई

विशेष अपडेट


भिडियो