स्पष्टीकरण माग कुनै औचित्य छैन ः नव नियुक्त मन्त्री शाही



नवलपरासी ÷  लुम्बिनी प्रदेश सरकारका नव नियुक्त विनाविभागीय मन्त्री अजय शाहीले  नेकपा एमाले लुम्बिनी प्रदेशले आफूसँग स्पष्टीकरण माग गरेको कुरा कुनै औचित्य नरहेको दावी गर्नुभएको  छ  । 
शाहीले एमाले पार्टीको तर्फबाट पठाइएको भनिने पत्र आफुले आजसम्म नपाएको र स्पष्टीकरण सोधिएको भन्ने कुरा समाचार माध्यमबाट सुन्नमा आएकोले त्यो स्पष्टीकरण औचित्यहीन भएको टिप्पणी गर्नुभयो  । 
पश्चिम नवलपरासीको बेलाटारी स्थित उहांकै निवासीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शाहीले आफू सुर्य चुनाव चिन्ह लिएर स्वतन्त्र राजनीतिक समुहबाट निर्वाचित सांसद भएको दावी गर्नुभयो ।

 
स्वतन्त्र रुपमा  निर्वाचित प्रदेश सांसदलाई कुनै पार्टीविशेषका ह्वीप नलाग्ने जिकिर गर्दै मन्त्री शाहीले आफु आवद्ध रहेको स्वतन्त्र राजनीतिक समुह र तत्कालीन नेकपा एमाले बिच भएका सम्झौता अनुसार सुर्य चुनाव चिन्ह प्रयोग गरेको दावी गर्नुभयो  । 


पश्चिम नवलपरासी निर्वाचन क्षेत्र १ ‘ख’बाट स्वतन्त्र सांसदको रूपमा निर्वाचित भएको अवस्था रहेकोले आफूले प्रदेश तथा प्रदेशका जनताप्रति पूर्ण उत्तरदायी हुने गरी कामको जिम्मेवारी बोध गरिरहेको उल्लेख गर्दै मन्त्री शाहीले स्पष्टीकरण माग प्रसङ्ग औचित्यहीन रहेको दावी गर्नुभयो  । 
सञ्चारकर्मीद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै लुम्बिनी प्रदेश सरकारका मन्त्री शाहीले आफूलाई बिनाकारण गैरकानुनी रुपमा कारवाहीको प्रक्रिया अगाडि बढाइएमा न्यायको लागि अदालतको ढोकासम्म पुग्ने बताउनुभयो  । 
लुम्बिनी प्रदेश सरकारको मन्त्री भएपछि आफ्नो गृहनगर बेलाटारी आइपुग्दा स्थानीयले शाहीलाई भव्य स्वागत गर्दै ओझेलमा परेको विकास निर्माण कार्य पूरा गर्न र बेरोजगारी समस्याको अन्त्य हुने गरि सिपमुलक रोजगारीको माग पनि उठाएका थिए ।


त्यसैगरी सुस्ता गाउँपालिका –३ फेनहरा बजारमा पनि स्थानीयले शाहीको स्वागत गर्दै आफ्नो मतको सदुपयोग भएको र शाहीबाट ठूलो आश जागेको धारणा राखेका थिए । सो कार्यक्रममा मन्त्री शाहीले पाँच वर्षीय कार्यकालको अन्तिम क्षणमा मन्त्री बन्ने अवसर पाएको भन्दै लोभलालचबाट मुक्त भएर कानुनसम्मत ढंगले नागरिकको सेवा गर्ने अश्वासन दिए ।


२०७८-श्रावण-३० गते प्रकाशित

लोकप्रिय

उपाध्यक्ष भरत कुमार बिरमीवाल नवमीमा मंदिरमा घण्टी चढाए

कृष्णनगर, कपिलवस्तु कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ मा अवस्थित पल्टा माता को मन्दिरमा कृष्णनगर नगरपालिका वडा नं २ बस्ने मारवाड़ी सेवा समिति लक्ष्मी नारायण मंदिर सेवा

प्रदेश प्रवक्ता अकरम पठान द्वारा दशैं , शुभ दिपावली तथा छठ चाडपर्वको शुभकामना व्यक्त

  कृष्णनगर,  कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ,  इमानदार व्यक्तित्व,भएका युवा नेता तथा समाजसेवी तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले ले बडा़ दशै , शुभ

विशेष अपडेट


भिडियो