जनसेवा मा.बि बिसासय गुणस्तरीय प्राबिधिक शिक्षा पठनपाठन



उमेश बिक / नवलपरासी ,३० साउन 

पश्चिम नवलपरासीकाे सुनवल नगरपालिका  वडा नं. ६ मा अवस्थित जनसेवा मा.बि  बिसासयमा गुणस्तरीय प्राबिधिक शिक्षा पठनपाठन सन्चालन भइरहेको छ ।

दुर्गमका विद्यार्थी महङ्गो तिरेर बाहिर जानुपर्ने बाध्यता भएपछि विद्यालयले स्थानीय स्तरमा नै पठनपाठनको व्यवस्था गरेको हो ।

शिक्षा ,विज्ञान,ब्यवस्थापन तथा मानव श्राेत बिकाश केन्द्रबाट स्कृत  प्राबिधिक तथा व्यवसायीक शिक्षा धार अन्तर्गत सिभिल इन्जिनियर तथा बिज्ञान संकाय अन्तर्गत शैक्षिक बर्ष २०७८ मा नयाँ भर्ना कक्षा ९ बाट सुरु भएको जनसेवा माध्यमिक विद्यालय शिक्षक ठाकुर प्रसाद खनालले जानकारी दिनुभएको छ।

विगतमा विद्यार्थीहरुले प्राबिधिक शिक्षा पढ्न महङ्गो पैसा खर्च गरेर बाहिरी जिल्ला जानुपर्ने बाध्यता थियो । विद्यार्थीको सुविधालाई ध्यानमा राखेर सिभिल इन्जिनियर प्राबिधिक शिक्षा साथै बिज्ञान संकायमा समेत पठनपाठनको व्यवस्था गरिएको विद्यालयका शिक्षक खनालले बताउनु भएको हाे ।

नेपालमा हाल सबै ठाउँमा प्राबिधिक शिक्षाको आवश्यकताबारे बहस भइरहदा दुर्गम क्षेत्रमा यसको अझै महत्व रहेको बताउनु भएको हाे 

बिपन्न तथा जेहेन्दार बिद्यार्थिकाे लागि बिशेष सेवा सुविधा सहित कक्षा सन्चालन हुन गइरहेको हुदा अार्थिक बिपन्नताकाे बाउजुद पनि पढ्न चाहने बिद्यार्थीले समयमै विद्यालयमा  सम्पर्क गरि माैकाकाे फाइदा उढाउन शिक्षक खनालले अनुरोध गर्नुभएको छ ।


२०७८-श्रावण-३० गते प्रकाशित

लोकप्रिय

पृथ्वी चन्द्र अस्पताल परासीमा चरम लापरवाही

उमेश बि.क/ नवलपरासी , २९ असार  पश्चिम नवलपरासीको सबैभन्दा पुरानो जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल परासीमा चरम लापरवाही रहेको छ। काेभिड बिरामी भइ साे अस्पतालमा भर्ना हुदा विरामीलाई

ईद उल अज़हां (बकर इद)मा सार्वजनिक बिदा दिने सरकारको निर्णय स्वागतयोग्य: प्रवक्ता अकरम पठान

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व  ईद उल अज़हां (बकर इद)को अवसरमा साउन ६ गते सार्वजनिक

हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोगमा निशुल्क खाद्यान्न समाग्री वितरण

  कृष्णनगर, वैशाख २५   कपिलवस्तुको कृष्णनगर  तथा शिवराज नगरपालिका भित्रका गरिब असहाय मजदूर लगायत बिपन्न ३०० परिवार लाई सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ। हेरा

विशेष अपडेट


भिडियो