युनाइटेड मिसन टु नेपालद्वारा सरावलकाे मधवलियामा १४८ घर परिवारलाई राहत बितरण



उमेश बि.क / नवलपरासी ,२१ भदौ 

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर ६ मधवलियामा बाढी प्रभावित घर परिवारलाई राहत बितरण गरिएको छ ।

युनाइटेड मिसन टु नेपाल नवलपरासी कष्टकरद्वारा अबिरल बर्षाकाे कारण सरावल  गाउँपालिका वडा नं. ६ मधवलियाका डुबानमा परी खेतबारी नष्ट भएको र बाढी प्रभावित बिपन्न १४८ जना घर परिवारलाई राहत प्रदान गरिएको हाे ।

बाढी प्रभावित परिवारलाई २५ किलो चामल ,३ किलाे दाल , २ लिटर खानेतेल , तेल २ लिटर ,चिनि २ किलो , स्वाबिन  १ किलाे ,२ प्याकेट अायाेडिन नुन  ,लाइफबाेए साबुन २ वटा,कपडा धुने साबुन २ वटा ,अालु ५ किलो,पियाज ३ किलो,३ किलाे चना,१ प्याकेट बेसार ,मसला १ प्याकेट लगाएतकाे दैनिक उपभोग्य सामाग्रीहरु प्रती घर परिवारलाई  प्रदान गरिएको युनाइटेड मिसन टु नेपालको नवलपरासी कलष्टर टिम लिडर सब्बु तमाङले जानकारी दिनुभएको हाे। मधवलियाका बाढी प्रभावित सबै परिवारलाई पुग्ने गरी राहत वितरण गरिएको बताउनुभयो । 

राहत वितरण कार्यक्रम बाेल्दै जिल्ला समन्वय समिति प्रमुख शिव शंकर रायले युनाइटेड मिसन टु नेपालले नवलपरासीमा उत्कृष्ट काम गरिएको बताउदै यसले गरेको कामप्रति लक्षित वर्ग प्रत्यक्ष रुपमा लाभान्वित भएको बताउनु भएको हाे ।  काेराेना देखि बाढी प्रभावितलाई धेरै सहयोग गरेको बताउदै युनाइटेड मिसन टु नेपाल जनताकाे दुखमा साथ दि रहेको कामकाे प्रशंसा ब्यक्त गर्नुभएको हाे। राहतबाट केही दिनको समस्या समाधान हुने बताउदै युनाइटेड मिसन टु नेपाल नवलपरासी कष्टकरको सहयोगमा यस्तो विषम परिस्थितिमा राहत बितरण कार्यकाे प्रशांसा ब्यक्त गर्दै धन्यवाद दिनुभएको हाे । 

त्यस्तै सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले मधवलियाका बाढी प्रभाबित परिवारलाई सुरुमा राहत बितरण गरिएको बताउनु भएको हाे ।अन्य टाेलमा पालिका र संघ संस्थाकाे समन्वयमा वितरण तयारी गरिरहेकाे बताउदै कसैलाई पनि प्राकृतिक बिपत्तिको सामना गर्न नपरोस् भन्दै विपदकाे समयमा युनाइटेड मिसन टु नेपालले गरेको मानविय कामकाे प्रशंसा समेत गर्नुभएको हाे।

राहत बितरणमा जिल्ला समन्वय समिति उपसंयाेजक अबदुल रहमान चुरीहार,वडा नम्बर ६ वडा अध्यक्ष कैलास यादव ,समाजसेवी बिनाेद कुमार पाण्डेय,युनाइटेड मिसन टु नेपालको बालकृष्ण पाण्डेय , इश्वर केसि. तेज गैरे लगाएत पत्रकार ,सुरक्षाकर्मीहरुकाे सहभागीतामा राहत बितरण गरिएको हाे ।

स्थानीयले राहत सामग्री पाएपछि खुसि ब्यक्त गर्दै पाएकाे राहतबाट केही दिन छाँक टार्न सहज भएको भन्दै खुशी ब्यक्त गरेका हुन ।


२०७८-भदौ-२१ गते प्रकाशित

लोकप्रिय

उपाध्यक्ष भरत कुमार बिरमीवाल नवमीमा मंदिरमा घण्टी चढाए

कृष्णनगर, कपिलवस्तु कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ मा अवस्थित पल्टा माता को मन्दिरमा कृष्णनगर नगरपालिका वडा नं २ बस्ने मारवाड़ी सेवा समिति लक्ष्मी नारायण मंदिर सेवा

प्रदेश प्रवक्ता अकरम पठान द्वारा दशैं , शुभ दिपावली तथा छठ चाडपर्वको शुभकामना व्यक्त

  कृष्णनगर,  कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ,  इमानदार व्यक्तित्व,भएका युवा नेता तथा समाजसेवी तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले ले बडा़ दशै , शुभ

विशेष अपडेट


भिडियो