बाढी प्रभावित १२६ जनालाई राहत वितरण




उमेश बि.क / नवलपरासी ,२८ भदौ 

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर ७ गणेशपुरमा बाढी प्रभावित घर परिवारलाई राहत बितरण गरिएको छ ।

अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुकाे आर्थिक सहयोगद्वारा सरु शर्माकाे नेतृत्वमा पठाइएको रकमबाट सरावल ७ गणेशपुरका बाढी प्रभावित बिपन्न १२६ जना घर परिवारलाई राहत प्रदान गरिएको हाे ।

परासी घर भई अमेरिका बस्दै आउनुभएकी सरु शर्माको पहलमा ४१ जनाबाट जम्मा भएको रकमबाट बाढी प्रभावित परिवारलाई २५ किलो चामल ,५ किलाे अालु,१ किलो पियाज ,१ प्याकेट रिफाइन र १ प्याकेट अायाेडिन नुन लगाएतकाे दैनिक उपभोग्य सामाग्रीहरु प्रती घर परिवारलाई  प्रदान गरिएको वितरण कार्यक्रमको संयोजक नेपाली काङ्ग्रेसका नेता तथा समाजसेवी माेहन प्रसाद शर्माले जानकारी दिनुभएको हाे। गणेशपुरका बाढी प्रभावित सबै परिवारलाई पुग्ने गरी राहत वितरण गरिएको बताउनुभयो । 

त्यस्तै सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले अन्य टाेलमा पालिका र संघ संस्थाकाे समन्वयमा वितरण तयारी गरिरहेकाे बताउदै कसैलाई पनि प्राकृतिक बिपत्तिको सामना गर्न नपरोस् भन्दै विपदकाे समयमा अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले गरेको मानविय कामकाे प्रशंसा समेत गर्नुभएको हाे।

राहत वितरण कार्यक्रममा समाजसेवी बिनाेद कुमार पाण्डेय,वडा नम्बर ३ वडा अध्यक्ष अणेन्द्र नाथ राय,कार्यपालिका सदस्य चन्दा चाैधरी ,जन्ती सहानि,समाजसेवी राजमंगल सहानि ,समाजसेवी चन्द्र कुमार गुप्ता ,सन्जय मिश्रा,जयदेव पाठक,जन्मेजय यादव,समाजसेवी घनश्याम चाैधरी ,काङ्ग्रेस नेता अनिल गाैड ,गजानन्द पटेल लगाएतकाे उपस्थिति रहेको थियाे।

पिडित परिवारले विदेशमा रहेर पनि नेपालीहरुले देखाएको सहयोगी भावनाको सराहना ब्यक्त गरेका थिए  ।


२०७८-भदौ-२८ गते प्रकाशित

लोकप्रिय

पृथ्वी चन्द्र अस्पताल परासीमा चरम लापरवाही

उमेश बि.क/ नवलपरासी , २९ असार  पश्चिम नवलपरासीको सबैभन्दा पुरानो जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल परासीमा चरम लापरवाही रहेको छ। काेभिड बिरामी भइ साे अस्पतालमा भर्ना हुदा विरामीलाई

ईद उल अज़हां (बकर इद)मा सार्वजनिक बिदा दिने सरकारको निर्णय स्वागतयोग्य: प्रवक्ता अकरम पठान

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व  ईद उल अज़हां (बकर इद)को अवसरमा साउन ६ गते सार्वजनिक

हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोगमा निशुल्क खाद्यान्न समाग्री वितरण

  कृष्णनगर, वैशाख २५   कपिलवस्तुको कृष्णनगर  तथा शिवराज नगरपालिका भित्रका गरिब असहाय मजदूर लगायत बिपन्न ३०० परिवार लाई सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ। हेरा

विशेष अपडेट


भिडियो