कांग्रेस महाधिवेशन : चितवनका तीनवटै क्षेत्रमा चुनिए सभापति र महाधिवेशन प्रतिनिधि



भरतपुर, 
नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तर्गत चितवनमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । तीन क्षेत्रमा भएका अधिवेशनबाट क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

नेपाली काँग्रेस क्षेत्र नम्वर १ को सभापतिमा किरणभुषण ओली विजयी भएका छन् । ओलीले ४९१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी ईन्द्रकमल बुढाथोकीले ४२३ मत प्राप्त गरे ।
सचिवमा दीपकराज पौडेल ४७२ र उमेश गिरी ४२४, सहसचिवमा माधवप्रसाद पौडेल ४०० र दीपनारायण चौधरी ३९५ मत प्राप्त गरी विजयी भएका छन् ।

कार्यसमिति सदस्यमा लक्ष्मी थापा भट्ट ४४९, बुद्धिसेन चौधरी ४३३, नारायणप्रसाद भट्टराई ३८४, टीकाप्रसाद भन्तना ३७१, संगीता उप्रेती ४४८, जयराम अधिकारी ४५७, कमला श्रेष्ठ ४४६, विवेक उदास ५०७, राधा विक ४४३ निर्वाचित भएका छन् । कार्यसमिति सदस्यका लागि बन्धुराम चौधरी र केशव प्रजा भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुलातर्फ भेषराज दुवाडी ४८७, उत्तम आचार्य ४३१, कुमार कार्की ४०६, राजेन्द्र बुर्लाकोटी ३९७, दिवाकर अर्याल ३९५, शरदकुमार बर्ताैला ३६८, राजुप्रसाद सिलवाल ३५७, प्रदीप बस्नेत ३७२, बासु ढुंगाना ३४९, प्राडा तीर्थराज खनियाँ ३४४ विजयी भएका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा प्रत्यक्ष महिलातर्फ नीता ढकाल ४८२, गीता देवकोटा ४६८, सावित्री बोगटी पाठक ४४२, शशी महतो ३६३ मतका साथ विजयी भए ।
केन्द्रीय महाधिवेशन प्रतिनिधि अन्तर्गत समावेशीतर्फ खसआर्य महिलामा शशी रानाभाट ५५५, सरस्वती पौडेल ४१३, खसआर्य खुलातर्फ नेमराज शर्मा पौडेल ४२२, सरोज कुँवर ३५४, आदिवासी जनजाति महिलातर्फ कमलादेवी श्रेष्ठ ४७३, आदिवासी जनजाति खुलातर्फ धनबहादुर गुरूङ ५३९, जयन्द्रकुमार श्रेष्ठ ४९१, दलित खुलातर्फ शेरबहादुर परियार ४७२, थारु महिलातर्फ चन्द्राकुमारी चौधरी ४५१, थारु खुलातर्फ चन्द्रबिक्रम चौधरी ३०६, मधेशी, मुश्लिम, अल्पसंख्यक, अपांगतर्फ महेश रौनियार ३०४ मतका साथ निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर दुई : सभापतिमा लामिछाने
नेपाली कांग्रेस १४औं महाधिवशेन अन्तर्गत सोमबार भएको मतदान परिणामबाट क्षेत्रीय सभापतिमा भरतप्रसाद लामिछाने निर्वाचित भएका छन् । लामिछानेले ५०३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी लक्ष्मण गुरुङले ४४५ मत प्राप्त गरे । सचिवमा निर्मलकुमार राना ४५५ र प्रल्हाद उप्रेती ४०६, सहसचिवमा कृष्णकुमारी पन्त ३७८ र सिर्जना बसौला ३१२ मत प्राप्त गरी विजयी भएका छन् ।

अन्य विजयी हुनेहरुमा प्रत्यक्ष महिला सदस्यतर्फ पार्वती खड्का ५०८ मत , प्रत्यक्ष खुल्ला सदस्यमा गोपाल देवकोटा ४४१, दीपक शाही ठकुरी २९९ र लेखनाथ अधिकारी २९५ मतका साथ निर्वाचित भएका हुन् ।

खस आर्य महिलाबाट तारा अधिकारी ३६२ मत, खस आर्य खुल्लाबाट माधब अर्याल ५२१, आदिबासी जनजाति खुल्लाबाट केशवप्रकाश जोशी ५८६, भक्तिकुमार श्रेष्ठ ४३७, दलितबाट शारदा नेपाली परियार ५०२ र थारु मधेसी अल्पसंख्यकबाट सन्तकुमार चौधरी ३१६ मतका साथ विजयी भएको निर्वाचान अधिकृत श्रीराम सापकोटाले जानकारी दिए ।

क्षेत्रीय अधिवेशनबाट खुल्लातर्फ कांग्रेस चितवनका सचिव उत्तम जोशी महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतका साथ विजयी भएका छन् । ६५१ मतका साथ पहिलो स्थानमा रहँदै जोशी निर्वाचित भएका हुन् । जिल्ला सभापति जीतनारायण श्रेष्ठ ५४२ मतका साथ दोस्रो स्थानमा रहँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

विजयी अन्य महाधिवेशन प्रतिनिधि टंक पौडेल, राजेश्वर खनाल, केशव महर्जन, मिलनबाबु श्रेष्ठ, राजकुमार राजभण्डारी, देवेन्द्र गुरुङ, ईश्वरी लौडारी र प्रकाश अधिकारी रहेका छन् । महाधिवेशन प्रतिनिधिमा निर्वाचित महिलाहरूमा मीना खरेल, विनु पौडेल रायमाझी, गीता गुरुङ र निरु कार्की रहेका छन् ।

क्षेत्र नम्बर तीन : सभापतिमा दवाडी
चितवन क्षेत्र नम्बर ३ को सभापतिमा लालबहादुर दवाडी निर्वाचित भएका छन् । दवाडीले २९८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी दामोदर न्यौपानेले २८८ मत प्राप्त गरे । सचिवमा सरस्वती पाण्डे ४४१ र तुलाराम गुरुङ २८८ मतसहित विजयी भए । सहसचिवमा सिर्जना अधिकारी लामिछाने ४६४ र इन्दिरा भुसाल कँडेल ४४७ मत ल्याई विजयी भएका छन् ।

सोमबार भएको मतदानबाट ४ महिलासहित १४ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
खुलातर्फ डा. सूर्यकान्त घिमिरे सर्वाधिक मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । घिमिरेले ५३५ मत प्राप्त गरे । यस्तै शंकरप्रसाद कँडेल ५३१, टेकप्रसाद गुरुङ ५२७, दिनेश कोइराला ५००, कैलास कोइराला ४२५, रामकृष्ण घिमिरे ४२४, विजय शर्मा भुसाल ३५१, भरत गुरुङ ३३६, उमेश श्रेष्ठ ३२०, चन्द्रध्वज गुरुङ ३०३ मतका साथ निर्वाचित भएका छन् ।

महिलातर्फ गीता गुरुङ ४००, शारदा गुरुङ ३६३, अन्जनी श्रेष्ठ ३५५ र सबिता बराल ३१२ मतसहित निर्वाचित भएका छन् ।


२०७८-मंसिर-९ गते प्रकाशित

लोकप्रिय

पृथ्वी चन्द्र अस्पताल परासीमा चरम लापरवाही

उमेश बि.क/ नवलपरासी , २९ असार  पश्चिम नवलपरासीको सबैभन्दा पुरानो जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल परासीमा चरम लापरवाही रहेको छ। काेभिड बिरामी भइ साे अस्पतालमा भर्ना हुदा विरामीलाई

ईद उल अज़हां (बकर इद)मा सार्वजनिक बिदा दिने सरकारको निर्णय स्वागतयोग्य: प्रवक्ता अकरम पठान

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व  ईद उल अज़हां (बकर इद)को अवसरमा साउन ६ गते सार्वजनिक

भारतमा एक नेपालीको हत्या , सांसद कण्डेलकाे पहलमा मुद्दा दर्ता

भारतमा एक नेपालीको हत्या गरिएको छ।स्याङ्जा जिल्ला,उमाकोट,भकुण्डे निवासी हाल सुनवलकाे भुमही अस्थायी बसाेबार गरिरहेकाे हिमाल गौडेलका जेठा छोरा बर्ष २८ का कृष्ण गौडेलकाे हत्या भएको