पहिलो महिला प्रधानमन्त्रीले पद त्यागिन्



काठमाडौं । संबैधानिक राजतन्त्र भएको युरोपेली मुलुक स्वीडेनमा इतिहासमै पहिलोपल्ट प्रधानमन्त्री पदमा महिला नियुक्त भएको सात घण्टामै उनले पदबाट राजीनामा दिनु परेको छ।

बुधवार विहान प्रधानमन्त्री पदमा बहुमतसहित नियुक्त भएकी म्याग्डलिना एन्डरसनले अपरान्ह नै संसदमा बहुमत गुमाएपछि पदबाट राजीनामा दिएकी हुन्।
स्वीडिस संचारमाध्यमहरुले दिएको जानकारीअनुसार, प्रधानमन्त्री एन्डरसनले संसदमा प्रस्तुत गरेको बजेट असफल भएको थियो।

बजेटको असफलतामा उनको गठबन्धनमा सामेल ग्रीन पार्टीले असहयोग गरेको थियो। ग्रीन पार्टीको असहयोग हुँदा उनले बहुमत हासिल गर्न नसकेपछि बुधबार साँझ नै उनले राजीनामा दिएकी थिइन्।

५४ बर्षीया एन्डरसनले उनको नियुक्तिमा इतिहास कायम गरेको भन्दै संसदमा स्ट्ण्डिङ्ग ओभेसन पनि पाएकी थिइन्। तर, यो सम्मान केही घण्टालाई मात्र टिकेको थियो । उनले राजीनामा दिएसँगै अर्को सरकार गठन संसदका सभामुखको हातमा रहेको बताएकी छिन्।

स्वीडेनको पूर्व अर्थमन्त्रीसमेत रहिसकेकी एन्डरसनले आफू प्रधानमन्त्री हुनेबेलामा भने ११७ सांसदको समर्थन पाएकी थिइन्।


२०७८-मंसिर-९ गते प्रकाशित

लोकप्रिय

पृथ्वी चन्द्र अस्पताल परासीमा चरम लापरवाही

उमेश बि.क/ नवलपरासी , २९ असार  पश्चिम नवलपरासीको सबैभन्दा पुरानो जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल परासीमा चरम लापरवाही रहेको छ। काेभिड बिरामी भइ साे अस्पतालमा भर्ना हुदा विरामीलाई

ईद उल अज़हां (बकर इद)मा सार्वजनिक बिदा दिने सरकारको निर्णय स्वागतयोग्य: प्रवक्ता अकरम पठान

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व  ईद उल अज़हां (बकर इद)को अवसरमा साउन ६ गते सार्वजनिक

भारतमा एक नेपालीको हत्या , सांसद कण्डेलकाे पहलमा मुद्दा दर्ता

भारतमा एक नेपालीको हत्या गरिएको छ।स्याङ्जा जिल्ला,उमाकोट,भकुण्डे निवासी हाल सुनवलकाे भुमही अस्थायी बसाेबार गरिरहेकाे हिमाल गौडेलका जेठा छोरा बर्ष २८ का कृष्ण गौडेलकाे हत्या भएको