मुख्यमन्त्री पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित



काठमाडौं ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेपाली कांग्रेसको १४औँ महाधिवेशन प्रतिनिधिमा खुलातर्फबाट निर्वाचित भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं १ बाट सबैभन्दा बढी मत प्राप्त गर्ने दोस्रो नम्बरमा पर्दै पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।

जिल्लाबाट पुरुष खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका व्यक्तिमा गजेन्द्रबहादुर आले (५२५), कृष्णचन्द्र नेपाली पोखरेल ५२०, गणेश सापकोटा (५०५), महेन्द्रध्वज जिसी (४८५), अशोक बस्ताकोटी (४६५), मदनभक्त अधिकारी (४५७), बालकृष्ण घिमिरे (४४७), गोकुल सापकोटा (४२४), भरतराज तिवारी (४१४) र ओमप्रसाद सापकोटा (३८५) छन् ।

त्यस्तै महिला खुलातर्फ ओमकला गौतम (५३१), विष्णुकुमारी कँडेल (४६१), सङ्गीता घिमिरे काफ्ले (४४३), विष्णुदेवी पाण्डे (४०३) छन् । नवलपरासी बर्दघाट–सुस्तापूर्वको निर्वाचन क्षेत्र नं १ को सभापतिमा अमृत भट्टचन निर्वाचित भएका छन्। भट्टचनले ६७० मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी कमलप्रसाद पराजुलीले ४४७ मत प्राप्त गरेका थिए ।

सचिवमा अमृत श्रेष्ठ (५८७) र शालिकराम सापकोटा (५६४) निर्वाचित भएका छन् । सहसचिवमा टीकाराम सापकोटा (५८३ मत) र तेजप्रसाद घिमिरे (५८०) विजयी भएको निर्वाचन अधिकृत चूडामणि शर्माले जानकारी दिए । मङ्गलबार भएको निर्वाचनमा नवलपुर क्षेत्र नम्बर १ मा एक हजार १५१ मत खसेको थियो ।


२०७८-मंसिर-९ गते प्रकाशित

लोकप्रिय

पृथ्वी चन्द्र अस्पताल परासीमा चरम लापरवाही

उमेश बि.क/ नवलपरासी , २९ असार  पश्चिम नवलपरासीको सबैभन्दा पुरानो जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल परासीमा चरम लापरवाही रहेको छ। काेभिड बिरामी भइ साे अस्पतालमा भर्ना हुदा विरामीलाई

ईद उल अज़हां (बकर इद)मा सार्वजनिक बिदा दिने सरकारको निर्णय स्वागतयोग्य: प्रवक्ता अकरम पठान

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व  ईद उल अज़हां (बकर इद)को अवसरमा साउन ६ गते सार्वजनिक

भारतमा एक नेपालीको हत्या , सांसद कण्डेलकाे पहलमा मुद्दा दर्ता

भारतमा एक नेपालीको हत्या गरिएको छ।स्याङ्जा जिल्ला,उमाकोट,भकुण्डे निवासी हाल सुनवलकाे भुमही अस्थायी बसाेबार गरिरहेकाे हिमाल गौडेलका जेठा छोरा बर्ष २८ का कृष्ण गौडेलकाे हत्या भएको