लक्ष्मीनगरमा इण्डो नेपाल क्रिकेट टूर्नामेंटको उद्धघाटन



कृष्णनगर, मंसिर ९

 

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा आज इण्डो नेपाल क्रिकेट टूर्नामेंटको उद्धघाटन सम्पन्न भएको छ  l 

 

उक्त टूर्नामेंट उद्धघाटन कार्यक्रम  मिर्जा राशिद वेगको अध्यक्षता प्रमुख अतिथिमा ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी निरिक्षक सुकदेव पौडेल, विशिष्ट अतिथिमा नेकपा एमालेका नेता शिव प्रसाद जयसवाल, जसपा नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, अतिथिमा मुशताक अहमद खां, नेकपा एमाले कृष्णनगर नगरपालिका वडा नं ३ कमिटी अध्यक्ष साजिद अलि मुसलमान, नेकपा एमाले कृष्णनगर नगर कमिटी अध्यक्ष संदिप मौर्या, उपाध्यक्ष मेहताब आलम, इम्बार्क इन्टरनेशनल का प्रबंधक मनिराम कहार, दुख्खी मुसलमान, समसुद्दिन, अजय धोबी, अहमद रजा (बब्लू), मतिउल्ला खां लगायत रहनुभयोl

 

कार्यक्रममा  बोल्दै प्रमुख अतिथि पौडेलले खेलकूद ले व्यक्तिमा एकताको भावना जागृत गरि युवाहरु लाई भबिस्य मा अगाडि बढ्न प्रेरणा समेत दिने गरेको बताउनुभयोl

 

खेलकूद बाट व्यक्तिको शारीरिक, मानसिक, सामुहिक भावना, सकारात्मक प्रतिस्पर्धा को विकास भइ व्यक्ति अनुसासित हुने गरेको इण्डो नेपाल क्रिकेट टूर्नामेंट लक्ष्मी नगरका अध्यक्ष तथा नेकपा एमाले कृष्णनगर नगर कमिटी सचिवालय सदस्य एवं उद्योगी मिर्जा राशिद वेग ले बताउनुभयो l

 

कार्यक्रममा बोल्दै प्रवक्ता अकरम पठान ले खेल आयोजना ले व्यक्तिमा सामुहिक एकता निर्माण भई शरिर फुर्तिलो हुने बताए l

 

आज भएको खेलमा चार टिम बिच प्रतिस्पर्धा भएको थियो l पहिलो खेल हृदयनगर र कृष्णनगर दोस्रो खेल इम्बार्क इन्टरनेशनल र बढ्नी डिहवा बिच भएको थियो l जस्मा इम्बार्क इन्टरनेशनल र हृदयनगर टिम विजय भएको आयोजकले जनाएको छ l


२०७८-मंसिर-१० गते प्रकाशित

लोकप्रिय

पृथ्वी चन्द्र अस्पताल परासीमा चरम लापरवाही

उमेश बि.क/ नवलपरासी , २९ असार  पश्चिम नवलपरासीको सबैभन्दा पुरानो जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल परासीमा चरम लापरवाही रहेको छ। काेभिड बिरामी भइ साे अस्पतालमा भर्ना हुदा विरामीलाई

ईद उल अज़हां (बकर इद)मा सार्वजनिक बिदा दिने सरकारको निर्णय स्वागतयोग्य: प्रवक्ता अकरम पठान

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व  ईद उल अज़हां (बकर इद)को अवसरमा साउन ६ गते सार्वजनिक

भारतमा एक नेपालीको हत्या , सांसद कण्डेलकाे पहलमा मुद्दा दर्ता

भारतमा एक नेपालीको हत्या गरिएको छ।स्याङ्जा जिल्ला,उमाकोट,भकुण्डे निवासी हाल सुनवलकाे भुमही अस्थायी बसाेबार गरिरहेकाे हिमाल गौडेलका जेठा छोरा बर्ष २८ का कृष्ण गौडेलकाे हत्या भएको