मित्रराष्ट्र विराेधी मानसिकता बढाउने फिल्मले द्वन्द सृजना गर्छ : अध्यक्ष पठान



 

कपिलवस्तु ।
  केही दिनदेखि नेपालकाे एउटा फिल्मकाे भिडियाे क्लिप भाइरल भइरहेकाे छ । गाेल्डेन आई फिल्म कम्पनीकाे ब्यानर र दयाराम दयालकाे निर्देशन तथा  राजेश हमालद्वारा अभिनित नेपाली कथानक चलचित्र "दशगजा" मा भारतीय एसएसबी लक्षित केही बेरकाे भिडियाे क्लिप अहिले विभिन्न फेसबुक आईडीमा भाइरल भइरहेकाे पाइएकाे छ । 

     "दशगजा" फिल्म काे भाइरल भिडियाेमा भारतीय एसएसबी प्रतिकाे जनआक्राेस देखाउन खाेजेपनि मित्र राष्ट्रलाई घाेच्याउने मानसिकता बढी नै रहेकाे इण्डाे-नेपाल समाजिक मञ्चका राष्ट्रिय अध्यक्ष अकरम पठानकाे भनाई छ । अध्यक्ष पठानले मित्रराष्ट्र विराेधी मानसिकता बढाउने फिल्मले समाज र दुईदेश बीच द्वन्द सृजना गर्ने बताउनुभयो । उनले राेटीबेटीकाे सम्बन्ध रहेकाे भारत नेपालकाे सबभन्दा असल मित्र हाे , भुकम्पदेखि लिएर बाढी पहिराेमा राहत हाेस अथवा पुर्वाधार निर्माण लगायत पुनर्निर्माणसम्ममा सहयाेग गर्दै आएकाे छ । यस्ता चलचित्रले निर्माता कम्पनीकाे त क्षणिक फाइदा हुन्छ तर दुई देशका जनतामा बैमन्स्यता फैलाइदिन्छ जुन सुरक्षा र समृद्धिका दृष्टिकोणले दुवैदेशका लागि हानिकारक हुनेछ ।सभार कपिलवस्तु टाइम्स डटकम l


२०७८-मंसिर-१६ गते प्रकाशित

लोकप्रिय

पृथ्वी चन्द्र अस्पताल परासीमा चरम लापरवाही

उमेश बि.क/ नवलपरासी , २९ असार  पश्चिम नवलपरासीको सबैभन्दा पुरानो जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल परासीमा चरम लापरवाही रहेको छ। काेभिड बिरामी भइ साे अस्पतालमा भर्ना हुदा विरामीलाई

ईद उल अज़हां (बकर इद)मा सार्वजनिक बिदा दिने सरकारको निर्णय स्वागतयोग्य: प्रवक्ता अकरम पठान

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व  ईद उल अज़हां (बकर इद)को अवसरमा साउन ६ गते सार्वजनिक

भारतमा एक नेपालीको हत्या , सांसद कण्डेलकाे पहलमा मुद्दा दर्ता

भारतमा एक नेपालीको हत्या गरिएको छ।स्याङ्जा जिल्ला,उमाकोट,भकुण्डे निवासी हाल सुनवलकाे भुमही अस्थायी बसाेबार गरिरहेकाे हिमाल गौडेलका जेठा छोरा बर्ष २८ का कृष्ण गौडेलकाे हत्या भएको