सरावल ४ मा स्वतन्त्र उम्मेदवार छाेटेलाल यादव सहितको प्यानलकाे क्रेज



नवलपरासी / २० बैशाख 

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ मा वडा अध्यक्षको उमेदवारमा छाेटेलाल यादव सहितको प्यानल घर्दैलो कार्यक्रम र भोट्मागनमा ब्यस्त देखिएका छन।  

२०७४ सालको स्थानीय चुनावमा जितेको हुनाले स्वतन्त्र उम्मेदवार छाेटेलाल यादव सहितको प्यानलकाे क्रेज बढेको छ।

सरावल ४ मा स्वतन्त्र ,माअाेवादी, एमाले र काङ्ग्रेसकाे कडा प्रतिस्पर्धा हुने स्थानीयको भनाई छ। 

वडा अध्यक्ष उम्मेदवार छाेटेलाल यादव , दलित सदस्य दुर्गावती लाेहार , खुल्ला सदस्य अलि हसन कुजडा र रामपृत नाउँले “ धारा ” चुनाव चिन्ह पाएका हुन । 

वडा अध्यक्ष यादवले अाफ्ना वडा सदस्य लगायतका सयांै जनसहभागीतामा घर्दैलो कार्यक्रम संचालन गरेका छन ।

राजनीति पृष्ठभुमि रहेको यादव हाल राजनीतिमा निकै सकृय भुमिका निर्वाह गर्दै आएका छन।

जनताको भावना र अपेक्षा अनुसारको बिकास निर्माणको काम गर्न र सरावल ४ लाई समृद्ध वडा निर्माण गरि परिवर्तन मुखी समाज निर्माण गर्न आफुले वडा अध्यक्ष पदको लागी उमेदवारी दिइएको बताएका छन।

गरीब दलित र अहाय समुदायलाई गरीबीको रेखामुनिबाट माथी उकास्न समृद्ध समाज निर्माण गर्न आफुले उमेदवारी दिइएको बताएका हुन। बिगत लामो समय देखि राजनीतिमा सकृय रहेका नेता यादवले सरावल ४ का उमेदवारका लागि निकै चर्चामा रहेका छन।


२०७९-बैशाख-२० गते प्रकाशित

लोकप्रिय

सरावल गाउँपालिकाका यी दुई स्वतन्त्र उम्मेद्वारको पक्षमा देखिएको ठुलो जनलहर

नवलपरासी /२२ बैशाख  पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष पदको स्वतन्त्र उम्मेदवार राधेश्याम चाैधरी र उपाध्यक्ष पदकाे स्वतन्त्र उम्मेदवार प्रदिप कुमार अग्रहरीकाे पक्षमा जनलहर

निर्वाचित पालिका अध्यक्ष राधेश्याम चाैधरी र प्रदिप अग्रहरीले दिए स्वतन्त्र उम्मेदवारी

नवलपरासी , १२ बैशाख   पश्चिम नवलपरासीको निर्वाचित सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी गाउँपालिका अध्यक्षमा तथा प्रदिप कुमार अग्रहरी उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता

सरावल ४ मा स्वतन्त्र उम्मेदवार छाेटेलाल यादव सहितको प्यानलकाे क्रेज

नवलपरासी / २० बैशाख  पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ मा वडा अध्यक्षको उमेदवारमा छाेटेलाल यादव सहितको प्यानल घर्दैलो कार्यक्रम र भोट्मागनमा ब्यस्त देखिएका छन।   २०७४

विशेष अपडेट


भिडियो