सरावलमा राधेश्याम चाैधरी र प्रदिप अग्रहरी सबैभन्दा बलियाे उम्मेदवार




नवलपरासी  , २१ बैशाख 

पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष पदकाे स्वतन्त्र उम्मेदवार राधेश्याम चाैधरी र उपाध्यक्षमा प्रदिप कुमार अग्रहरी बलियो देखिएका छन । 

लोकप्रिय नेता रहेका चाैधरी र अग्रहरीको दिन प्रतिदिन चुनावी माहोल तात्न थालेपछि दुई जना नै झन बलियो देखिन थालेको हो ।

सरावल गाउँपालिका अध्यक्षमा ११ जना र उपाध्यक्षमा ८ जनाले उम्मेदवारी दिएको भएतापनि चाैधरी र अग्रहरी जत्तिको बलियो भने कोही देखिएको छैन ।

निर्वाचित पालिका अध्यक्ष राधेश्याम चाैधरी र प्रदिप कुमार अग्रहरी तथा निर्वाचित वडा नम्बर ४ वडा अध्यक्ष छाेटेलाल यादव  नेपाली काङ्ग्रेसबाट चरम गुटबन्दीकाे कारण टिकट नपाएको हुनाले चुनावी मैदानमा स्वतन्त्र उम्मेदवारकाे रुपमा उत्रीएका हुन । 

शालिन र निडर स्वभावका नेता चाैधरी र अग्रहरी पक्षमा अहिले वडा नम्बर १ देखि ७ सम्मका अधिकांश नागरिक देखिएका छन । त्यसमध्य केही खुलेरै लागेका छन भने पार्टीले कारबाही गर्ने डरले केही मौन बसेका छन ।


२०७९-बैशाख-२१ गते प्रकाशित

लोकप्रिय

सरावल गाउँपालिकाका यी दुई स्वतन्त्र उम्मेद्वारको पक्षमा देखिएको ठुलो जनलहर

नवलपरासी /२२ बैशाख  पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष पदको स्वतन्त्र उम्मेदवार राधेश्याम चाैधरी र उपाध्यक्ष पदकाे स्वतन्त्र उम्मेदवार प्रदिप कुमार अग्रहरीकाे पक्षमा जनलहर

निर्वाचित पालिका अध्यक्ष राधेश्याम चाैधरी र प्रदिप अग्रहरीले दिए स्वतन्त्र उम्मेदवारी

नवलपरासी , १२ बैशाख   पश्चिम नवलपरासीको निर्वाचित सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी गाउँपालिका अध्यक्षमा तथा प्रदिप कुमार अग्रहरी उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता

सरावल ४ मा स्वतन्त्र उम्मेदवार छाेटेलाल यादव सहितको प्यानलकाे क्रेज

नवलपरासी / २० बैशाख  पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ मा वडा अध्यक्षको उमेदवारमा छाेटेलाल यादव सहितको प्यानल घर्दैलो कार्यक्रम र भोट्मागनमा ब्यस्त देखिएका छन।   २०७४

विशेष अपडेट


भिडियो