सरावल गाउँपालिकाका यी दुई स्वतन्त्र उम्मेद्वारको पक्षमा देखिएको ठुलो जनलहर



नवलपरासी /२२ बैशाख 

पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष पदको स्वतन्त्र उम्मेदवार राधेश्याम चाैधरी र उपाध्यक्ष पदकाे स्वतन्त्र उम्मेदवार प्रदिप कुमार अग्रहरीकाे पक्षमा जनलहर देखिएको छ । 

अध्यक्ष पदको स्वतन्त्र उम्मेदवार चाैधरी र उपाध्यक्ष पदकाे स्वतन्त्र उम्मेदवार अग्रहरी सहितकाे टिमको पक्षमा जनलहर देखिएको हो ।

पालिकाबासी स्वत स्फूर्त चाैधरी र अग्रहरीको पक्षमा देखिन थालेका छन् । चाैधरी र अग्रहरी त्यस क्षेत्रका प्रभावशाली नेता हुन् । 

सरावल गाउँपालिकाको विकासमा स्वर्णीम इतिहास लेखाउन सफल भएका द्बयले काङ्ग्रेसले यो निर्वाचनमा टिकट वितरण गर्दा अन्याय गरेको भन्दै स्वतन्त्रबाट चुनाव चिह्न खानेपानी धारा लिएर होमिएका छन् ।

मतदाता भेटघाट तथा घरदैलोमा मत माग्न व्यस्त देखिएका चाैधरी र अग्रहरी कांग्रेस,एमाले , माअाेवादीका उम्मेद्वारसंग प्रतिस्पर्धामा छन् ।

पालिकामा चाैधरी र अग्रहरी दुईजना तथा वडा नम्बर ४ का निर्वाचित वडा अध्यक्ष छाेटेलाल यादव सहितको टिम साटगाठ गरेर चुनाव लड्दा बलियो उम्मेदवारकाे रुपमा देखिएका छन।

कतिपय खुलेरै चाैधरी र अग्रहरीको प्रचारमा लागेका छन् भने कतिपय मौन समर्थन गरेका छन् । आम मतदाताको समर्थन पाएका चाैधरी र अग्रहरी काङ्ग्रेसले गरेको अन्यायलाई पालिका र वडाबासीले न्याय दिनेमा विश्वस्त रहेको बताउँछन् ।


२०७९-बैशाख-२२ गते प्रकाशित

लोकप्रिय

सरावल गाउँपालिकाका यी दुई स्वतन्त्र उम्मेद्वारको पक्षमा देखिएको ठुलो जनलहर

नवलपरासी /२२ बैशाख  पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष पदको स्वतन्त्र उम्मेदवार राधेश्याम चाैधरी र उपाध्यक्ष पदकाे स्वतन्त्र उम्मेदवार प्रदिप कुमार अग्रहरीकाे पक्षमा जनलहर

निर्वाचित पालिका अध्यक्ष राधेश्याम चाैधरी र प्रदिप अग्रहरीले दिए स्वतन्त्र उम्मेदवारी

नवलपरासी , १२ बैशाख   पश्चिम नवलपरासीको निर्वाचित सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी गाउँपालिका अध्यक्षमा तथा प्रदिप कुमार अग्रहरी उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता

सरावल ४ मा स्वतन्त्र उम्मेदवार छाेटेलाल यादव सहितको प्यानलकाे क्रेज

नवलपरासी / २० बैशाख  पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ मा वडा अध्यक्षको उमेदवारमा छाेटेलाल यादव सहितको प्यानल घर्दैलो कार्यक्रम र भोट्मागनमा ब्यस्त देखिएका छन।   २०७४

विशेष अपडेट


भिडियो