कृष्णनगरमा भोट् माग्दै भने नेता अकरम पठान : मुख्य एजेन्डा शिक्षा स्वास्थ,कृषि रहने



 

कृष्णनगर, कपिलवस्तु ,बैशाख  २५


जसापा नेता अकरम अब्दुल रहमान खान (अकरम पठान) 
कृष्णनगर नगरपालिका अध्यक्ष पदका लागि  उमेदवारी दिएका हुन्। बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा  घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन्।  
 
अकरम पठान ले आफू मेयर पदमा निर्वाचित भए
सर्वसाधारण जनताको भावना अनुसार कामहरु अगाडी बढाएउने उनले बताए।आउने निर्वाचनमा जनताले बिजय गरायो भने मेरो मुख्य एजेन्डा शिक्षा स्वास्थ र कृषि रहने प्रतिबद्धता व्यक्त गर्नु भयो।मेरो चुनावी माहोल ठिक छ जनताले मुल्यांकन गरेको छ,आफुलाई जनताले बहुमतले जिताउनु हुन्छ पुर्ण बिस्वस्त रहेको बताए।

आज भोली जनता सामाजवादी पार्टी नेपाल कृष्णनगर नगर प्रमुख पदका उम्मेदवार अकरम अब्दुल रहमान खान , उप प्रमुख पदकी उम्मेदवार आरती सिंह यादव, लगायत वडाध्यक्ष पदका तथा सदस्य पदका उम्मेदवार हरू घर दैलो कार्यक्रमलाई तिब्रता दिएका बेला जनताहरू उत्साहित देखिएका छन् l

निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ  कृष्णनगरमा जनता सामाजवादी पार्टी नेपाल लाई
लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । मेयर पदका उम्मेदवार अकरम पठानले जनताले विजयी बनाए नगरपालिकाको पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए l


२०७९-बैशाख-२६ गते प्रकाशित

लोकप्रिय

सरावल गाउँपालिकाका यी दुई स्वतन्त्र उम्मेद्वारको पक्षमा देखिएको ठुलो जनलहर

नवलपरासी /२२ बैशाख  पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष पदको स्वतन्त्र उम्मेदवार राधेश्याम चाैधरी र उपाध्यक्ष पदकाे स्वतन्त्र उम्मेदवार प्रदिप कुमार अग्रहरीकाे पक्षमा जनलहर

निर्वाचित पालिका अध्यक्ष राधेश्याम चाैधरी र प्रदिप अग्रहरीले दिए स्वतन्त्र उम्मेदवारी

नवलपरासी , १२ बैशाख   पश्चिम नवलपरासीको निर्वाचित सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी गाउँपालिका अध्यक्षमा तथा प्रदिप कुमार अग्रहरी उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता

सरावल ४ मा स्वतन्त्र उम्मेदवार छाेटेलाल यादव सहितको प्यानलकाे क्रेज

नवलपरासी / २० बैशाख  पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ मा वडा अध्यक्षको उमेदवारमा छाेटेलाल यादव सहितको प्यानल घर्दैलो कार्यक्रम र भोट्मागनमा ब्यस्त देखिएका छन।   २०७४

विशेष अपडेट


भिडियो