सामाजिक संजालमा बरालिदा तपाईको बिचारले स्वयमलाई के भन्छ?बिचार भित्रको शक्ति--------------- बलायर "प्रत्याशी"


बिचार पनि एक शक्ती हो । यिनै मान्यतालाई उजागर गरेको खप्तडबाबाको बिचार बिज्ञानको भावका केही अंशहरु समेटी अहिलेको सामाजिक संजालले बनाएको बहुरुपी बिचारको दुनियाँमा तपाईको आफ्नो बिचारको पहिचान गर्न सक्छ कि?


Image may contain: Bhoj Bahadur Balayar

 बलायर "प्रत्याशी"

सत्य चिन्न र देख्न आफ्नो आत्माको भित्री गहिराईको दृष्टिकोणलाई धेरै पटक सोध्नु पर्छ । मानवले देख्ने र बोल्ने सत्य उसको मस्तिस्क भित्र जम्मा गरेर राखेको बिचारको प्रतिफल हो । जसले दिमाग भित्र जे बिचार राखेको हुन्छ; त्यसैको प्रतिफल उसले बिचारहरु निकाल्ने र सम्रेषण गर्ने गर्दछ । दिमागले सकरात्मक बिचार बोकेको छ भने उसका भावहरु सकरात्मक हुन्छन । यदि नकरात्मक सोच बसेको छ भने जहिले पनि उसले गलत बाहेक अरु देख्दैन ।

ब्यक्तीका बिचारमा केन्द्रित भावलाई अध्ययन गरि खप्तडबाबाले बिचार बिज्ञानको प्रतिपाद गरेका थिए । ब्यक्तीले देखाउने बिचार भावको प्रकटबाट नै मानव राम वा रावण के हो प्रष्ट देख्न सकिन्छ । साथै अरुको पर-निर्भरतामा बाँचेको विचारले नत ब्यक्तीको हित हुन सक्छ नत सफलता नै प्राप्ती हुन्छ । यसकोलागी हरेकले  स्वयम् भित्र सन्तुष्ठी खोज्नु छ भने  आफु भित्र नै सकरात्मक बिचारको उत्पती जराउनु जरुरी छ ।

बिचार अत्यन्त गतिशिल हुन्छ । बिचारले एकै छिनमा हामी दुनियाँको त्यो कल्पना गरेको ठाउँमा पुग्न सक्छौ जो प्रकासको गती भन्दा पनि छिटो पुग्न सक्छ । यसैले खप्तडबाबाले बिचारको तागतलाई सुर्यको प्रकासको भन्दा पनि छिटो र तिब्र भनेर ब्याख्या गरेका छन । हाम्रो मन र बिचारमा बुध्दत्वको वास गराउन सक्यौ र मनबाट बिकारका दुश्ब्यबहारहरु त्याग्न सक्यौ भने मन भित्रै नै लुम्विनी जन्माउन सक्छौ र एकै छिनमा हामी लुम्बिनीको भ्रमण मन भित्रै गराउन सक्छौ । यसैकारण बिचारको प्रबाहलाई प्रकास भन्दा पनि तिब्र ठानिएको हो ।  

बिचारको महत्व कति छ भन्ने कुराको लागी हामीले एउटा बिरामी ब्यक्तीलाई उदाहरणलाई यहाँ प्रस्तुत गरिएकोछ । जस्तै कि सकरात्मक बिचारको प्रबाहबाट एक रोगीको रोग राम्रो हुन सक्छ भने गलत बिचारले ठिक हुन लागेको बिरामी पनि मर्न सक्छ । यसैले खप्तडबाबा भन्नु हुन्छ; यदि हामीले कुनै रोगीलाई अस्पतालमा भेट्दा ढाडस दिएर तपाईको रोग निको हुन्छ भन्यौं भने उसको आधा रोग त्यसै ठिक हुन्छ । तर यसको सट्टा उसलाई तिमीलाई त नराम्रो रोग लागेको रहेछ, यस्तो किसिमको रोग लागेको फलासनो त मरेको थियो भन्यौ भने ठिक हुन लागेको मानिस पनि झन बिरामी हुन सक्छ । यसैले मस्तिस्कलाई बलियो बनायौ भने कैयौ रोग त्यसै ठिक हुन्छन तर मस्तिस्क बलियो बनाउन राम्रो बिचारको जन्म हुनु जरुरी छ ।

यसैले कुनै पनि बिचार होस वा बिचारधारा वा अर्ति-उपदेश लिदा होस वा दिदा  सोच बिचार गरेर धारण गर्नु जरुरी छ । खप्तडबाबाले त्येसैले बिचारलाइ शक्तीको रुपमा प्रस्तुत गरेका छन । हरेकका मनबाट उब्जेका बिचार रुपी शक्ती सत्य वा गलत जे पनि हुन सक्छन । तर ग्रहण गर्नेले सोच पुरयाएन भने त्यसको लाभ र बिनासको भागिदार पनि स्वयम् ग्रहणकर्ता नै हुनु पर्ने  हुन्छ ।

भागवत गीता कै कुरा गर्ने हो भने पनि अर्जुन र यूधिष्टरको बिचारको बाटो एउटा थियो जसले सत्यताको पक्षपोषण गर्थ्यो । दुर्योधनको बिचारको बाटो फरक थियो जसले अहंकारको भाव बोकेको थियो । तर जसरी अर्जुन र यूधिष्टरको बिचार उनीहरुका लागि सत्य थिए, त्यसरी नै दुर्योधनका लागी उनको मार्गको बिचार पनि सहि र सत्य देखिन्थ्यो ।  

बिचारको प्रसंगमा यहाँ उठाउन खोजेको कुरा मात्र के को हो भने कसले कुन किसिमको बिचारको झोला भिरेको छ उसले त्यहि किसिमको बिचारको उत्पादन गर्छ र बाँड्छ । हामी संग जे छ त्यहि त दिने हो । हाम्रो बिचाररुपी झोला भित्र कुडकपाड मात्र छ भने सुन कहाँबाट दिन सकिन्छ र ? जस्तै दुर्योधनसंग कुबिचारको झोला थियो र उनले त्यसैलाई सहि बिचार भन्दै हिडे र त्यसैलाई उनले आफ्नालाई बाँडे ।  त्यसवाट निस्केको विचारमा दुर्गन्धबाहेक केही निस्कन सकेन । जसले उनलाई नै नास गरयो । अर्जुन र यूधिष्टरसंग कृष्णको सदबिचारको ज्ञानको झोला थियो, जसले  सत्यता र सफलताको भावहरु प्रकट गरयो । जसले उनीहरुलाई सफलताको सिढी चढ्न सहयोग गरयो ।

 

यसैले हरेक मानवमा सोच्ने र परिकल्पना र कसैलाई पछ्याउने स्वतन्त्रता छ ।  विचार ग्रहणको कुरा गर्दा अर्जुन र यूधिष्टरको बिचार लिने कि दुर्योधनको लिने भन्ने प्रतेकको निजी बिषय हो । तर त्यो विचार लिन पूर्व हरेक बिचार वा बिचारधारा वा कुबिचार हरेकको बिश्लेषण आफ्नो अन्तरमनले गर्नु पर्दछ ।

अब माथीका बिचारलाई अहिलेको सामाजिक संजालको दुनियाँमा जोडौ । बिज्ञानको चमत्कारले सामाजिक संजालमा आजभोली कसको कुन किसिमको बिचार र स्वरुप छ त्यो छरपस्ट देख्न सकिन्छ । हामी साना हुदा गाउमा कसैको आदत डाको छोडेर अरुलाई गाली गर्ने हुन्थ्यो भने आज भोली सामाजिक संजालका केही पात्रमा त्यसैको छाँया देखिन थालेको छ । तर यहाँ कसैले जानेर बुझेर पनि आँखा चिम्म गरेर यस्ता बिचारहरु पछ्याईउदै सामाजिक संजालमा लाइक र कमेन्ट गरिरहेका हुन्छन । यो हुनु भनेको सस्तो अन्धभक्त बा धृतराष्ट्रबादको शरणको आज्ञाकारी बिचारको शरणार्थी हुनु हो । जसले स्वयमको भविश्यको पथप्रदर्शनमा बिनास सिवाय अरु केही दखिदैन ।

अहिलेको सामाजिक संजाल बिचारहरुको झोला बनेको छ । यो एक किसिमले सिक्न र संचारको आदान प्रदानको लागि राम्रो पनि भएको छ । जसमा धेरैका सदविचारहरु राख्ने र सिक्ने राम्रो प्लेटपर्म पनि बनेको छ । तर कहिले कहि केहि दुर्योधनवादीहरुको सोचका कारण सिकाई गर्ने र सिकाउने भन्दा पनि स्रोत साधन र समयको बरवादीको रुपमा प्रस्तुत हुन गएको पनि छ ।

यहाँ एउटा कुरा भने प्रष्ट देखिन्छ । माथी उठान गरे झै बिचारको प्रबाहकको स्तर र उस्को बिचारले स्वयमको भित्री स्वरुप भने प्रष्ट देख्न सकिन्छ । बिचारबाट निस्केका अभिब्यक्त शब्दले अरु कसैलाई प्रहार गरेको भन्दा पनि उनको नैतिक धरातल, विचार  र चरित्र माथि नै प्रहार गरेको हुन्छ । तर यी बिचारकलाई यसको सामान्य जानकारी नहुन पनि सक्छ । बिस्तारै बिस्तारै सामजिक संजालमा उनीलाइ थोरै त्यस्तै बिचारकले मात्र साथ दिईरहेका हुन्छ जसको उनलाई पछि मात्र थाहा पाउन्चन ।

यसैले तपाइका सार्वजनिक गरिएका भावनाले तपाईलाई  सकुनी सहितको दुर्योधन वा कृष्ण सहितको यूधिष्टर के हो भन्ने चिनाइ रहेको हुँदा तपाईका बिचार भित्रका हरेक शब्दहरुको उपयोग सहि किसिमबाट गर्नु जरुरी छ । यसैले आफुलाई चिनाउन र चिनिनुको लागी सामाजिक संजालमा बिचार प्रबाह गर्दा संयमिता अपनाउनुहोस । जस कालागि एक पटक खप्तडबाबाको बिचार बिज्ञानलाई पढ्ने कोसिस गरौ । 

Image may contain: 1 person, standing and indoor


२०७५-आश्विन-२२ गते प्रकाशित

लोकप्रिय

महुवन स्थीत प्रहरी चौकीकाे कार्यालय असुरक्षित

अर्जुन शाह/वैशाख २३ / महुवन पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वाड नं ५ महुवन स्थीत प्रहरी चौकीकाे कार्यालय सुरक्षित रहेका छैन । प्रहरी चौकी महुवनको कार्यालय कठामा छ त्यसको प्रखाल

सरावल गाउँपालिकामा अक्सिजन सहितको ५ शैया आइसोलेशन कक्ष

उमेश बि.क / नवलपरासी ,२३ बैशाख  पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले अक्सिजन सहितको आइसोलेशन कक्ष तयार गरेको छ । छिमेकी राष्ट्र भारत मात्र नभइ नेपालमा पनि नयाँ भेरिएन्टको रुपमा रहेको

विशेष अपडेट


भिडियो