अमेरीका पछिको डाक्टर भट्टराईको गन्तब्य काँशी


डा. भट्टराईलाइ हिजोको हिंसाको प्रायस्चित गराइ मानसिक शान्ती दिई मोक्ष गराउने काम पनि गर्छ । जसका लागी बाबुरामले साँच्चिकैको राम बन्नु जरुरी देखिन्छ


Image may contain: one or more people

  बलायर “प्रत्याशी”

डाक्टर बाबुराम भन्नासाथ यूध्दको हत्यारा र ज्ञानले भरिको दुबै नामले सम्झने गरिन्छ । यतिमात्र हैन उनको जुन नाम भगवान रामसंग जोडिएकोछ त्यसले झनै उनी समाजको त्यो रामराज्यका लागी लडेका ब्यक्ती हुन कि भन्ने पनि भान पनि हुन सक्छ । तर नाम र ज्ञानले मात्र केही सीप लाग्दो रहेछ भन्ने कुरा उनको बिगतको ईतिहासले देखाई सकेकोछ ।

हिजोआज यिनै बाबुराम थप ज्ञानको खोजीमा बिश्व भ्रमाणमा निस्केका छन । रसिया लगाएत केही यूरोपीयन देशको भ्रमण सकेर हाल अमेरीकामा ज्ञानको खोजीमा रहेका “लालज्वज” अहिले डाक्टर बाबुराम बन्ने कोसिसमा छन ।

उनी अमेरीकाको भ्रमाणका क्रममा नेपाली समाजका केही अगुवा र एनआरएनका केही सहयोगलाई साथमा लिई अमेरीकामा रहेका एनआरएनहरुलाई फकाउदै आफ्ना बिचार पस्कने क्रममा छन । यसैक्रममा यो टिप्पणीकारले पनि अमेरीकाको टेक्ससमा उनीसंग करिव एक दिन अन्तरक्रिया गर्ने मौका पायो ।

अध्ययनले ईन्जिनियरीङ बिज्ञानको दह्रो ज्ञान भएका भट्टराई आफुलाई अर्थशास्त्र र बिकासको बिधार्थी भन्न रुचाउन्छन भने उनी बिश्वका इतिहाँसका क्रन्तीहरुलाई सजिलै पढाउन सक्ने क्षमता राख्दछन (बेलयती आन्दोलन होस वा फ्रेन्च औधोगीक वा रूसको) । उनी देशको बिकासको लागी निर्वाहमूखी र श्रम निर्यातमूखी अर्थतन्त्रमा परिवर्तन गरी बिकासमुखी नीतीमा बिश्वास गर्ने डा. भट्टराई साम्यवादी अर्थव्यवस्थाले मात्र देशले युगान्तकारी परिवर्तन नहुने हुँदा अव राज्यकेन्द्रीत र उदारबाद पुँजीको बीचको मार्गको बिकासढाँचा अपनाउनु पर्ने बिचार राख्नु हुन्छ । 

उनले आफुलाई बिकासको बिधार्थी, देशको सामाजीक, आर्थिक, साँस्कृतिक एवम् सामन्ती संरचना निमट्यान्न गर्ने समृध्दी अभियन्ता भएकोमा गर्ब गर्दै आफुले नेपालमा ऐतिहासिक लडाइ लडेको र त्यसले सामन्ती व्यवस्थाको अन्त गरेको र त्यस क्रममा सत्रहजारले ज्यान गुमाएकोमा पछुतो भन्दा पनि बिश्वमा हुने ठूला आन्दोलनमा यस्तो हुन सक्ने भन्दै तमाम उदाहरण पेश गर्न यूरोपेली क्रान्तीका तिथी मितिहरु बताउने गर्छन । तर उनीसंग नेपालको २०४६ पछिको अवस्था र यूरोपको त्यतीबेलाको समान थिएन नि भन्ने जवाफमा नेपालको सम्बैधानीक राजतन्त्रको सामन्ती सोच जोड्छन । 

अमेरीकामा बाबुराम बनेर उदाएका लालध्वजले नयाँ पहिचान सहित अमेरीकामा रहेका नेपालीहरुको बिचमा सहानुभूतीका लागी जे जती कुरा राखेता पनि उनलाई यहाँ भएका छलफलहरुमा सहज भने देखिएन । अमेरीकाको टेक्ससको ड्यालासमा उनलाइ कालो झण्डाबाट स्वगत गर्नु संकेतिक रुपमा लालध्वजलाई बाबुरामको रुपमा स्वकार गरेको देखिदैन । उनलाई स्वागत गर्ने यो समूह संख्यात्मक रुपमा सानो देखिए पनि अन्तरक्रिया कार्यक्रमा सहभागी भएका धेरैले बाण सरी प्रश्न तेर्स्याई हरेक कोणबाट सत्रहजारको हत्याको जवाफ खोजि रह्यो । जसबाट उनको बिगतको ईतिहासलाई बिर्शेको देखिदैन । भलै एक-दुइ आवाजले राज्यले पनि तेसको दोशको हिस्सा लिनु पर्छ भने तर त्यहाँको जनमत मान्ने पक्षमा थिएन । उनीहरुको तर्क थियो – “यो समय नेपालमा पूर्ण प्रजातान्त्रीक देश थियो र २०४६ सालको सम्विधानमा खोट लगाउने ठाउँहरु पनि कमै थिए । प्रजातान्त्रिक तवरले संसोधन र परिमार्जन हुने ठाउँ हुँदा हुदै बन्दुक बोकी राज्यमाथी हमला गरेको पक्षले बढी जवापदेही हुनु पर्छ भन्ने आसय देखिन्थे । तर डा. भट्टराइले यसलाई युध्द नै भन्दै टारे । जे होस भोलीका दिनमा कुन न कुनै ईतिहासकारले यसको छिनोफानो गर्ने नै छ ।

भौतिकवाद रबिज्ञानका संग सम्बन्धित “फ्याक्ट र रिजन” मा आधारित ज्ञानका उनी ज्ञाता हुन । शंका गर्ने ठाउँ छैन । सामाजीक र समाजबिज्ञानको अनुभवको कुरा गर्दा भने उनको नजर अहिले पनि बर्गबिभेदमा मात्र केन्द्रित रहन गयो । अहिलेको बिश्वले समाजशास्त्र र सामाजीक मुल्य मान्यतालाई बढी महत्व दिईरहेको अवस्थामा बिश्वका आन्दोलनहरुको ईतिहास, ज्ञान र बिज्ञानमा आधारीत समाजको मात्र कल्पना गर्दा समाज साँच्चिकै “स्व-केन्द्रित” हुन्छ भन्ने कुराको हेक्का हुँदा हुदै पनि डा. भट्टराई कुरा चपाउदै भौतिकबादमा नै केन्द्रीत हुन चाहे । 

ड्यालासमा रहेको नेपालीहरुको एकताको केन्द्र पशुपतीनाथ-बुध्द मन्दीरमा गई टीका र प्रसाद ग्रहण गरेका भौतीकबादी लालज्वजले भगवान गौतमबुध्दको महीमा बताउन चुकेनन । भगवान बुध्दका सन्देशहरु मानवधर्म र अहिंसासंग जोडेर उनले समाज बिज्ञान भन्दा पनि भौतीक विज्ञानबाटै बुध्दलाई ब्याख्या   गरे । हो ! भगवान बुध्दका बिचारहरु धेरै बैज्ञानीक छन तर त्यो भन्दा पनि उनका बिचारहरु समाज र सामाजिक परिवेशसंग जोडिएका छन । जसमा अहिंसा, करूणा, दया, ममता, क्षेमा, आदर, सत्कार आदी भावहरु मिसिएका हुन्छन । यी भावहरु नहुने मानवमा मनव हुनु र नहुनुको के नै अर्थ रहन्छ र ? यसमा केवल पशुतुल्य मानवको स्वरुप मात्र रहन्छ भन्ने भाव उनले नबताए पनि अमेरीका सम्म पुगेका हरेक नेपालीले उनको भनाईको भाव बुझि सकेको आबास हुन्थ्यो ।

यहाँ यो टीप्पणिकारले उनीसंग पूर्बीय दर्शनका सवालमा पनि जिज्ञासा राखेको थियो  । उनले  हाम्रो हिन्दु-संस्कारलाइ बर्ग-बिभाजनको जडसुत्रको रुपमा लिई ध्वस्त बनाउनु पर्छ भन्ने मान्यता राक्नु भयो  । हिन्दुसंस्कारमा केहि बर्गले सिमित स्वार्थको लागि पक्कै पनि जातीय र बर्गीय बिभेदका नकरात्मक बिचारहरु प्रबाह गरेको पक्का हो । जसलाइ हामी सबैले स्वीकार गर्नु नै पर्छ । तर जो धर्म मानव सभ्यताको उदगमसंगै बिकास भएको हो र जसका बैध्दक ग्रन्थहरुले कही कतै बिभेदकारी नीतिका बारेमा बोल्दैन त्यो धर्मको बारेमा नकरात्मक टिप्पणी मात्र गर्नु भनेको उनको लुकेको धार्मीक स्वार्थको राजनैतीक पाटो हो भन्दा फरक पर्दैन ।

डा. भट्टराइलाई सामान्य लाग्ने नेपाली धर्म र संस्कारको पाटोसंग जोडिएको  “नेपाली हुँ” भन्ने पहिचानको सोचाईलाई गलत अवधारणा भन्न चाहन्छन । मैले हिजोका दिनमा नेपालमा हुँदा लालध्वजलाई मात्र देखेको थिए र अहिले बदलिएको रुपमा रुपानतरित डा. भट्टराईको रुपमा हेर्न चाहन्थे । तर जब मैले उनीसंगको अमेरीकामा साक्षात्कार गर्ने मौका पाए ।  उनमा नेपाली संस्कार प्रतीको नकरात्मक भूतलाइ हेर्दा हिजोको अफिमबादी लालध्वज र अहिलेका डा. भट्टराईमा फरक पाएन । अझै उनी मेरो संस्कारीक उपमाको राम बिहिन “बाबु भट्टराई”  बनेको देखे । यस नामबाट नत राम राज्य नै रहन्छ नत  नेपालमा हिन्दुधर्मको भविश्य नै छ ।

कुनै पनि ब्यक्ती संसारको जुनसुकै कुनामा जाओस । उसको राष्ट्रीयताको पहिचान भनेको उससंग नेपालबाट आएको संस्कार हो । त्यो संस्कार हाम्रो सामाजिक बिज्ञानबाट प्राप्त हुन्छ । जसमा हाम्रो रितीथिती, संस्कृती, चालचलन र भेषभूषा मिसिएको हुन्छ । यसैले महामानव “बि.पी.कोईरालाले” त्यती बेला भनेको थिए- “राष्ट्रीयता माटो र भुगोल हैन, भावना हो “ । यसको अर्थ डा. भट्टराइको भौतीक बिज्ञान भित्र पाउन सकिदैन र उनले अमेरीकामा दिन पनि सकेनन ।

हिन्दुधर्मलाई हिजोका दिनमा नचाँहिदो किसिमबाट केही वर्गको गलत परिभाषाको मारमा अहिले हाम्रो धर्म-संस्कार संकटमा छ ।   यसलाई शिक्षित नेपाली समाजले स्वीकार गरी सकेका पनि छ । तर यस धर्मका धार्मीक ग्रन्थहरुले दिएको मार्गनिर्देशनले  हिन्दुधर्मलाई केवले मानव कल्याणको धर्मको रुपमा चित्रण गर्छ । जसले सत्य र न्यायको कुरा गर्छ । राम राज्य र रावण वा दैत्य समाजको पाठ  सिकाउन्छ । यस्तो धर्म र नेपाली संस्कारका बारेमा प्रहार गरेर डा. भट्टराइ के फाईदा ? । यसको स्वार्थ अहिले नेभन्नु भन्दा पनि भविश्यमा उनको ईतिहासले बताउने नै छ । 

आजभोली समाज-बिज्ञानलाई अन्य बिज्ञानको पनि ज्ञानको रुपमा विश्वका सवै राष्ट्रले स्वीकार गरी सकेको अवस्था छ । यसमा पनि पूर्वीय दर्शनका चार बेदहरु, गीता र उपनिसदहरुलाई  ज्ञान र आदर्शका स्रोतको रुपामा लिने गरिन्छ । यी धार्मिक ग्रन्थले समाजलाई हिंसाले होईन सदभावले चलाउनु पर्छ भन्ने मान्यता दिन्छ । मानवलाई दानव हैन कल्याणकारी र दानी बनाउन निर्दिष्ट गर्छ । यसका अलावा डा. भट्टराईलाइ हिजोको हिंसाको प्रायस्चित गराइ मानसिक शान्ती दिई मोक्ष गराउने काम पनि गर्छ । जसका लागी बाबुरामले साँच्चिकैको राम बन्नु जरुरी देखिन्छ । जसरी उनले भौतीक ज्ञानमा अब्बल छन त्यसै गरी पुर्वीय ज्ञान समाजशस्त्रीय खोजको जरुरी छ, जसकालागी अमेरीका र यूरोप भट्किनु भन्दा “काशी” जानु बेश ।   


२०७५-आश्विन-२२ गते प्रकाशित

लोकप्रिय

महुवन स्थीत प्रहरी चौकीकाे कार्यालय असुरक्षित

अर्जुन शाह/वैशाख २३ / महुवन पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वाड नं ५ महुवन स्थीत प्रहरी चौकीकाे कार्यालय सुरक्षित रहेका छैन । प्रहरी चौकी महुवनको कार्यालय कठामा छ त्यसको प्रखाल

सरावल गाउँपालिकामा अक्सिजन सहितको ५ शैया आइसोलेशन कक्ष

उमेश बि.क / नवलपरासी ,२३ बैशाख  पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले अक्सिजन सहितको आइसोलेशन कक्ष तयार गरेको छ । छिमेकी राष्ट्र भारत मात्र नभइ नेपालमा पनि नयाँ भेरिएन्टको रुपमा रहेको

विशेष अपडेट


भिडियो